September 15, 2024 | आइतवार, भदौ ३०, २०८१

बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत मत खस्यो, वडा ५ भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २३, २०७९ ११:0४
बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत  मत खस्यो,  वडा ५  भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

उमेश जङ्ग शाही
23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत  मतखसेको जिल्ला निर्वाचन  कार्यालय बाजुराले दाबि गरेको छ।    नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०१०, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – १७६ , महिला – २३५ जनाले मतदान गरेको मतदा स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट वडाअध्यक्षका उम्मेदवार चक्र थापा हुन भने नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षका उम्मेदवार खडक थापा हुन् । अरु मतदान केन्द्रको जानकारी प्राप्त हुन बाँकि छ।

बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाको१०वटा मतदान स्थल र १९ वटा मतदान केन्द्रमा मतदान हुदैँछ ।अधिकृत र सहायक मतदान अधिकृत लगायत ९५ जना कर्मचारी खटाईको छ भने हजारौं को संख्यामा सुरक्षा कर्मि तैनाथ अवस्थामा छन।बुढिगंगामा नगरपालिका १२ हजार ६ सय ५९ मतदाता रहेका छन् । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निणर्य गरेको थियो

  • सेती कर्णाली खबर
  • -