October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ 0९:0३
शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा शिक्षक र विद्यार्थी घाइते भएको प्रहरी जनाएको छ ।

रारा शैक्षिक भ्रमणका लागि गएका कक्षा १० मा अध्ययरत विद्यार्थी चढेको ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएको श्रीकोट रोल प्रहरी चौकीका प्रहरी हवल्दार राजेन्द्र मल्लले जानकारी दिनुभएको छ । घाइते हुनेमा ११ जना विद्यार्थी, २ जना शिक्षिका र जीप चालक रहेको प्रहरी हवल्दार मल्लले बताउनुभएको छ ।

जाम हिलटपको उकालोमा चढ्न नसकेर जीप दुर्घटना हुँदा विद्यार्थी सर्मिला साहानी, लक्ष्मी रोकाया, प्रियाङ्का गिरी, ज्योती रोकाया, दिपीका रावत, विमला विष्ट, निशा दमाई, पशुपति बोहोरा, करुणा महत, सुरज शाही, रेजिना कार्की, शिक्षिका सुशिला गिरी, निर्मला भण्डारी र जीप चालक लाल बहादुर भण्डारी घाइते भएको उहाँले बताउनुभयो । घाइते विद्यार्थी, शिक्षिका र चालकको खत्याड गाउँपालिका वडा नं ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा उपचार भैरहेको छ । प्रहरी हवल्दार मल्लका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ ।

आज बिहान जन प्रकाश माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थी गरेर ४२ जना शैक्षिक भ्रमणका लागि रारा गए थिए । उनीहरु मध्य ग १ ज ८२४९ नम्वरको जीप चढेका शिक्षिका, विद्यार्थी र चालक गरेर १४ जना घाइते भएको श्रीकोट रोल प्रहरीले जनाएको छ । चालक सहित शिक्षिका र विद्यार्थी सवार रहेको बन्द गाडी सडकबाट करिब ३० मिटर तल खसेको श्रीकोट रोल प्रहरीले जनाएको छ । जीप दुर्घटनामा घाइतेहरुलाई हात, खुट्टा, टाउको, ढाड लगायतका शरीरका विभिन्न अंगमा चोट लागेको मुगु प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ १०, २०८१ 0९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट