October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

२३ वर्षीय सुत्केरी महिला कलपना रोकायाको हेलिकप्टर उद्धार

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ९, २०८० 0८:४५
२३ वर्षीय सुत्केरी महिला कलपना रोकायाको हेलिकप्टर उद्धार

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर उद्धार गरिएको छ।

विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर सुर्खेत प्रादेशिक अस्पतालमा थप उपचारका लगिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताउनुभयो ।

रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि रगत बग्ने नरोकिएको र सालनाल नआएपछि  ज्यान जोखिममा परेको हुँदा जिल्ला प्रशासन कार्यलय बाजुरा र राष्ट्रपति महिला उद्धार केन्द्रको पहलका साथै हिमाली गाउँपालिकाको समन्वयमा उद्धार गरिएको भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज ९, २०८० 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट