November 28, 2026 | शनिबार, मंसिर १३, २०८३

दुर्घटना अपडेट : दुई घाइतेलाई हेलिकप्टर मार्फत उद्धार

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १३, २०८३ १0:२९
दुर्घटना अपडेट : दुई घाइतेलाई हेलिकप्टर मार्फत उद्धार

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा शुक्रबार राति साढे ६ बजे दुर्घटनामा परी घाइते भएका दुई जनालाई कोल्टी आधारभूत अस्पतालबाट उद्धार गरिएको छ ।
दुर्घटनामा परी घाइतेपछि कोल्टी आधारभूत अस्पतालमा उपचार गराइरहेका दुई जनालाई सघन उपचार केन्द्र (आइसीयु) मा राखेर थप उपचार गराउनुपर्ने अवस्था आएकाले घाइते २२ वर्षीया संगिता शाही र ४० वर्षीया विउरा वडको नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार दुबै जना महिलाको अवस्था गम्भीर भएपछि अस्पतालले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरिएकाले सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको बताए ।
शुक्रबार राति पिलुचौरबाट सोही गाउँपालिका–३ मनिकाँडा जाँदै गरेको सु.प.प्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।
ट्याक्टरमा सवार रहेका ७ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने एक जनाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा शनिबार मध्येराति मृत्यु भएको हो ।
सोही वडाका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमा र ५२ वर्षीया रामसरा देबी सिंहको कोल्टीमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते मध्ये ट्याक्टर चालक र एक जनाको कोल्टी आधारभूत अस्वतालमा उपचार भइरहेको छ । । पिलुचौरबाट गएको ट्याक्टर अनियन्त्रित भई दौडी खोलामा दुर्घटना भएको हो ।

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १३, २०८३ १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट