December 5, 2024 | बिहिबार, मंसिर २०, २०८१

विश्व मानसिक स्वास्थ दिवसको अवसर पालिकाको परिसरमा सरसफाइ

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २३, २०८० 0६:१९
विश्व मानसिक स्वास्थ दिवसको अवसर पालिकाको परिसरमा सरसफाइ

उमेश रोकाया,२३ असोज/बाजुरा- हिमाली गाउँपालिकामा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा पालिकाको परिसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन।

गाउँपालिका परिसरमा पालिकाका कर्मचारीले भित्र रहेको फोहोर हटाएर सरसफाइ गरेका छन। सबै कर्मचारी मिलेर स्वच्छ र सफा वातावरण रहनुका लागी एक कार्यक्रम बीच गाउँपालिकामा सरसफाई गरेर बिश्व मानसिक स्वास्थ दिवस मनाएको हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीले बताउनुभयो।

स्वास्थ नै धन हो भनेका छन। असोज २३ गते हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीको नेतृत्वमा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा गाउँपालिका कार्यालय भित्रका फोहोर मैले लगायत विभिन्न किसिमको फोहोर टुक्रा टिपेर डस्मिनमा फालेका छन। केहि जलाउने फोहोर जलाएर नष्ट गरेको छ। केहि हरियो सानोतिनो झारपात खाटेर एक ठाउँमा थुपार्ने गरेका छ। पालिका भित्र अहिले स्वास्थ र सफाइ वातावरण भएको प्रशासन शाखा प्रमुख देवराज संन्ज्यालले बताएका छन।

२०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले आक्रमण परी १० जना नेपालीहरुको दु:खद भएकोमा मृतहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हिमाली गाउँपालिकामा शोक मनाएका छ्न।

हिमाली गाउँपालिका कार्यालय कर्मचारीहरुले विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झिकाएका छन। नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८०/०६/२२ गतेको बैठक बाट निर्णय भएको व्यहोरा अनुसार गाउँपालिका राष्ट्रिय झण्डा आधा झुकाएको सुचना प्रविधि अधिकृत सागर रोकायाले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २३, २०८० 0६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट