बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ।
यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति भएको छ।
वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्याउने समस्या कृषकलाई क्षति अनुसारको कृषकलाई राहत उपलब्ध गराउने हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताए।
अबको केहि समय पछि गाउँपालिका भित्र पर्ने ग्रामिण सडक सञ्जाल जोडिएको वडा, टोल र बस्ती छिटोभन्दा छिटो सञ्चालनमा आउने छ। यातायात तथा स्थानियबासिहरुलाई आवतजावत गर्ने समस्या समाधान तर्फ गाउँपालिका सिङ्गो टोलि खटिएको गाउँपालिका इन्जिनियर मदन राज पाण्डेको भनाइ छ।