May 14, 2025 | बुधबार, जेष्ठ १, २०८२

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन १९, २०८१ 0३:२८
बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ ।

पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, हरियाली सुइजिउला र स्वामिकार्तिक खापर गाउँपालिकाको केन्द्र रहेको छ भने पश्चिम तिर कैलाशमानसरोवर छुने चुरेपर्वत पादुका कैलाशद्वार ६४ वटा ज्योतिर्लिङग भएको मन्दिर , बुढिनन्दा तिर्थस्थलबाट कलकल बगेर आउने मनमोहक बड्डिगाड खोला र दक्षिण तर्फ बडिमालिका तिर्थ स्थल र जगन्नाथ ठाकुर अवस्थित बाजुराको तेस्राे व्यापारिक केन्द्र पिलुचौर बजार रहेकोछ। कर्णाली करिडोर सडक पनि यसै क्षेत्रमा रहेको हुँदा सडकको स्तरोन्नति भइरहने कार्य जारीछ।

बिचमा बग्ने कर्णाली नदिको आफ्नै गति र सुस्साहटमा रमाउन कर्णाली नदिका अँसाला माछाको स्वाद लिनकै लागि कोल्टी विमानस्थल पुगेका जोकोहि पनि पिलुचौर नपुगि फर्किदैनन् । कर्णाली करिडोर नेपालगन्जको जमुनाह नाका र हुम्लाको हिल्सा हुँदै चिनमा रहेको कैलाश पर्वतको जोड्ने कर्णाली राजमार्ग हुनेछ । कैलाश पर्वत दर्शनको लागि हिन्दुधर्मावलम्बीहरुकोआवतजावतमा सहजिकरण गर्ने निकै सम्भावना रहेको छ। कर्णाली नदिको किनारमा हिन्दुधर्मको कुनै पनि तिर्थ स्थल छैन यो कर्णाली नदि असुद्द छ लास जलाउदैनौ भनेर भ्रम छरेर दुर्गम वस्तिलाई अध्याँरो बाटो तिर डोर्याछने केहि मानवरुपि दानवको आँखा कर्णाली करिडोरले पक्कैपनि खोलिदिएर मार्गनिर्देश गर्नेछ । आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य हुनेछ।


आइतबार कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउपालिका , हिमाली गाउपालिका , जगन्नाथ गाउपालिका र बुढिनन्दा नगरपालिका लगायत चारै स्थानियतहको संगमस्थल पिलु, पादुका र देउरा त्रिवेणी मानसरोवर कैलाशद्वार कर्णाली नदिको किनारमा उद्घाटन भएको छ।। कर्णाली नदीमा जल पर्यटनको विकास गर्नको लागि हिमाली गाउँपालिकाको सहयोगमा हिमाली गाउँपालिका धुलाचौर देखि स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्वर ३ भाम सम्म मोटररेवल डुङ्गा सञ्चालन गरिएको थियो । याफ्टिङ संगै कर्णाली नदीमा मोटरएवल डुङ्गा सम्भाव्यता अध्यनका गर्नका लागि अध्यन गर्नुपर्छ, सम्भावना भएपछि अर्को वर्षबाट मोटरेवल डुङगा ( powerboat) सञ्चालन गर्ने भन्ने उद्देश्यका साथ हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा आफुले सहजीकरण गरेको राराकैलाश टुर्स एण्ड कर्णाली ट्रेलका सञ्चालक जनेस भण्डारीले बताए । अवियात्रि कि कर्मशाला प्रा.लिको आयोजना र हिमाली गाउपालिकाको आर्थिक सहयोगमा कर्णाली नदिमा मोटरडुङ्गाको परिक्षण गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

जल, जमिन, जङ्गल र जडिबुटीलगाएत स्थानिय स्रोत शाधनलाई उपयोग, पर्यटन प्रबर्द्धन गरि दुर्गम र पछौटेपनले घेरिएको बाजुराको कुन्ना क्षेत्रलाई समृद्धिको बाटोतिर लम्काउने उद्देश्यका साथ पावरवोर्ट सम्भाव्यता अध्यायन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लको भनाइ रहेको छ।
कर्णाली नदीमा मोटरएवलवोर्ड  सञ्चालनकोअनुसन्धान नगरी कार्यक्रम सञ्चालन गरेपछि विभिन्न समस्या आउन सक्छ । त्यसैले कर्णालीको उपभोग गर्न लागेका छौं । कर्णाली उपभोग गर्ने, मान्छेको जीवन संग र आम्दानी जोड्न जल पर्यटन सम्भावना भएको हुँदा यस क्षेत्रमा मुगु कर्णाली हाइड्रोपावर निर्माणको अध्ययन पुरा भएर ठेक्का आह्वान भइसकेको छ १९०२ मेगावाट विद्दुत उ्तपादन हुनेछ यो हाइड्रोपावर निर्माण सम्पन्न भए पर्यटन क्षेत्रको सम्भावना उच्च भएको हुँदा आर्थिक समृद्धिको बाटो फराकिलो हुने हिमाली गाउँपालिका निमित्त कार्यकारी अधिकृत राजबहादुर भण्डारीले बताए ।

  • सेती कर्णाली खबर
  • -