August 28, 2026 | शुक्रबार, भदौ १२, २०८३

२०७९ लाई फर्केर हेर्दा……..

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र ३०, २०७९ 0५:४0
२०७९ लाई फर्केर हेर्दा……..

लेखक: लोकेन्द्र  शाही ( सचेत नेपाल)

बिचार –

सर्वप्रथम भोलीदेखि सुरु भएको नयाँ वर्ष वि.स.२०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु।
यो वर्ष भने वर्ष २०७९ अलिक पीडादायी वर्ष नै भयो । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा सवार ७२ जनाको मृत्यु भयो । हवाइ उड्डयनका हिसाबले वर्ष २०७९ असाध्यै असुरक्षित वर्ष रह्यो, वर्षको सु?वात ताका नै मुस्तागंमा तारा एयरलाइन्सको विमान खसेको थियो । बेलाबखतमा बिमानहरुमा समस्या, फोर्स ल्यान्डींग लगायत चैत्र महिनामा मात्रै पनि दुई वटा हेलिकप्टर दुर्घटनाका खबर सुनिएका छन् । यद्धपि यी हेलिकप्टर दुर्घटनामा भने मानवीय क्षति चाहिँ हुन पाएन ।

नेपाली परिपक्ष्यमा कुरा गर्ने हो भनेँ चाहिँ वर्ष २०७९ एउटा शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको सुरुवाती वर्षका रूपमा लिन सकिन्छ । वर्ष २०७९ ले सुरु गरेको राजनैतिक विचारधाराको नयाँ धार ले आगामी वर्षहरूमा नयाँ चेतनाको जागृति गर्ने विश्वास गरिएको छ ।

  1. वर्ष २०७९ मा नेपालमा निर्वाचनका श्रृखलाहरु भए । नेपाली प्रजातान्त्रिक इतिहासमा दलहरू भन्दा माथि उठेर व्यक्ति र विचारले स्वतन्त्र समर्थन पाएको यतिको ठुलो रूपान्तरण अहिलेसम्म भएको थिएन ।

वर्ष २०७९ मा नेपालले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पायो । निर्वाचनका श्रृखला भए अनि केही नयाँ र केही पुराना अनुहारहरु सडक र संसदमा देखिइरहे । काठमाडौँले मेयरका रूपमा युवा अनुहारलाई स्वागत गर्दै र्यापर बालेन पायो भने धरानमा हर्क साम्पांग र धनगढीमा गोपाल हमाल आए । निर्वाचनका श्रृखलाहरुमा स्वतन्त्र उम्मेदवारहरूले साल २०७९ मा जति कहिल्यै पनि माया र विश्वास पाएका थिएनन् ।

रवि लामिछानेको निर्वाचन प्रकरण, विजय अनि नागरिकता विवाद हुँदै साल २०७९ को अन्ततिर अडियो काण्ड बाहिरिएर उनको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी विवाद र चर्चाको घेरामा परेको छ । नेताहरुको नेतृत्वको गुणस्तर जाँच्ने अभिभारा साल २०८० लाई छाड्दै विभिन्न राजनैतिक अन्योलका बिच साल २०७९ हामीबाट बिदा हुँदै छ ।

आर्थिक रुपमा साल २०७९ ले अहिलेसम्मकै सर्वाधिक मन्दी र उतारचढाव देख्यो । पुँजी बजार ओरालो लाग्ने क्रम पिँधसम्म पुग्ने गरी अघि बढेको छ । अर्कोतर्फ अफ्ठेरो अवस्थामा सहकारी र बैंकहरु रहेको वर्ष पनि यही रह्यो । अधिकांश बैंकहरु मर्च भएका र मर्च हुने तयारीमा रहेको वर्ष २०७९ मा ऐतिहासिक रुपमा नेपालका धेरै बैंकहरु मर्ज भए ।

डेगुँ रोगको सङ्क्रमण राष्ट्रव्यापी फैलिएको वर्ष २०७९ जनस्वास्थ्यका हिसाबले पनि उति अनुकूल वर्ष रहेन । नेपालमा संस्कृतिविद् सत्यमोहन जोशीको पनि यसै वर्ष देहावसान भयो । नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जबराको पनि यस वर्ष मृत्यु भयो ।

वर्ष २०७९ अनेक आरोह अवरोहका बिच बिदा हुँदै छ । आगामी वर्ष साल २०८० मा सबैलाई मङ्गल हुनेछ भन्ने कामना गर्दछु।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र ३०, २०७९ 0५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  