१७ माघ बाजुरा – हिमाली गाउँपालिका–३ युनामा पर्ने कवाडी खोलाको बगरको नजिकै रहेको झाडीमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी विच्छ्याबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक खोलाको किनारको झाडीमा […]
माघ १५ काठमाडौं – बाजुराको हिमाली गाउँपालिकाका चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको देशको परिस्थितिलाई यथार्थ चित्रण गर्ने गीत राजनिती कि लाजनिती सार्वजनिक भएको छ । देशको बर्तमान अबस्थाको यथार्थ चित्रण गरेको यस गीतका हरेक शब्द शब्दले सत्य बोलेको देखिन्छ। चर्चित बालगायक सुप्रीम मल्ल ठकुरीको आफ्नै स्वरमा रहेको उक्त गीत उनका बुबा कृष्ण मल्ल ठकुरीको शब्द […]
१३ माघ बाजुरा– गौमुल गाँउपालिकामा पालिका प्रहरी भर्ति गर्ने भएको छ । गाँउपालिकामा घटेका हरेक घटना,बिकृति,चालचलन,सबैको हक हित लाग्ने सार्वजनिक सम्पितको सुरक्षा गर्नको लागी पालिका स्तरीय प्रहरी भर्ना गरिने गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन । आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार शिक्षा,स्वास्थ्यमा सुधार,जडीबुटी,पर्यटन,प्रबद्र्धन र सहकारी मार्फत कृर्षिजन्य ब्यापार भन्ने मुल नाराका साथ दोस्रो गाँउ […]
बाजुरा- हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा हिजो सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दीर्घकालीन, दृष्टिकोण, सुशासन र गरिबी निवारण समुह हिमालीको आधार” भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न गरिएको छ। हिउँदे गाउँ सभा सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका उपाध्यक्ष […]
७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]
उमेश जङ्ग शाही ५ माघ बाजुरा – जगन्नाथ गाउँपालिका जुड्डी , बेर्मा देखि पिलुचौर बजार सम्म जिपभाडा बढी लिने २ जिपका चालकबाट प्रहरी द्वारा यात्रुलाई बुधबार रुपैयाँ फिर्ता गरिदिएको छ। जिल्ला भित्रका सडकमा चल्ने यात्रुवाहक सवारी साधनलाई जिल्ला प्रशासन कार्यालय बाजुरा द्धारा जिल्ला भरिका सडक सन्जालमा जोडिएका स्थानिय तहहरुमा लागू हुने गरी मिति २०७९।०९।२० गते […]
उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ। पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान […]
उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्वारा फिर्ता गरिएको छ। कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्वारा पैसा फिर्ता गरि दिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म […]
२४ पुस बाजुरा– बुढिनन्दा नगरपालिका , हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका स्थानिय बजारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, चकलेट, चुईगम, मिठाई, कोकाकोला, स्प्राईट, फेन्टा, अवैध सुर्ति लगायत करिब ६४ हजार ५ […]