बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा फेला परेका छन् ।
कामकाे सिलसिलामा गएका थापा गत पुस महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् ।
३ महिना अघि कामको खोजिका लागि भारत मा गएका अन्दाजि ५५ वर्षका थापा गत पुस महिनाको २८ गतेदेखि परिवारको सम्पर्कविहीन भएका थिए । बेपत्ता भएका बुवालाई महिनाैदिन सम्म खोजि गर्दा पनि नभेटिएका थापा भारतको चण्डीगड अस्पतालमा उपचाररात अवस्थामा भेटाएको उनका छोरा मीन थापाले बताएका हुन् ।
भारतको मतयाना भन्ने ठाउँबाट डेढमहिना अघिदेखि बेपत्ता भएका थापा केहिदिन अघि मात्रै नेपाल फर्किने गरी बैतडीका मान्छेसंग नेपाल हिडेका रहेछन् । तर उनलाई भारतबाट नेपाल आउने क्रममा बिचबाटाेमा मोटरसाईकलले ठक्कर दिएर खुट्टा भाँचिएपछि भारतीय प्रहरीको सहयोगमा चण्डीगड अस्पातलमा उपचारारत अवस्थामा फेला पारेको छोरा ले बताएका छन् ।
मोटरसाइकलले ठक्कर दिएपछि मरिहाल्यो भनेर बुवालाई नालीमा फालेका रैछन् छोरा मिनले भने, प्रहरीको सहायतामा चण्डीगड अस्पतालमा २ दिन अगाडि उपचारका लागि भर्ना भएको थाहा पाएपछि आफु बुवालाई भेट्न अस्पतालमा पुगेकाेउनको उनले बताएका छन् ।
बेपत्ता भएका थापाको खोजी गरिदिनका लागि छाेरा र उनको परिवारले नेपाल भारत लगायतका ठाउँमा प्रहरी र आफन्तसंग आग्रह समेत गरेका थिए उनकाे सबैले खाजीकार्य समेत गरेका थिय । थापा गत मङ्सिरमा कामको खोजीका लागि भारतमा गएका थिए ।