बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ ।
बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका बुबाको निधनले पत्रकार महासंघ जिल्ला शाखा, बाजुरा मर्माहत भएकाे नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराले एक साेकपत्र मार्फत जनाएकाे छ । पण्डित का पितालाई आईतबार नै अन्तिम दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।