October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १५, २०८१ 0९:२३
जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

दोहा । कतारस्थित  असन्तुष्ट जनजाति मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले  नेपाल आदिवासी जनजाति महासंघ कतार समानान्तर तदर्थ समिति गठन गरेका छन् ।

असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा  ७ सदस्सीय तदर्थ समिति गठन गरेकोछ । समितिको  सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी थेगुवा लिम्बू र गजेन्द्र राई रहेका छन् ।

हालको अबस्थामामा  समानान्तर रुपमा देखिको  कतारमा स्थापित जनजातिहरुको मातृ संस्थामा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार, तमु पे ल्हु संघ शाखा कतार, नेपाली धानुक समाज कतार, राजवंशी समाज कतार ,माझी सेवा समाज कतार लगायतको संस्थाले प्रारम्भिक समितिको तयारी गरिएको बताइएकोछ ।

विभिन्न चरणको  बार्ता र एकताको असफल प्रयास र बेवास्ता कारण आफुहरु आगाडी बडेको संयोजक तामाङले बताएका छन ।  आगामी दिनमा अन्य आदिवासी संस्थालाई समेट्दै शाखा कतार स्थापना गरिने तदर्थ समितिको निस्कर्ष रहेको छ । समितिको बैठकले निकट भविष्यमा नै संस्थाले संघीय समितिसंग स्वीकृती लिएर आधिकारिक शाखा स्थापना गरी पहिलो अधिवेशन  गर्ने जनाएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १५, २०८१ 0९:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट