October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन ४, २०८१ १0:५३
बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण

बैतडी- बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण गरिएको छ।

जिल्लाको पाटन नगरपालिकामा महिला सुरक्षित आवास गृह (सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ। गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन गरेको थियो। ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो।

सम्झौताअनुसार भवन निर्माणपछि नगरपालिकालाई हस्तान्तरण गरिएको निर्माण व्यवसायीय दिनेश लामिछानेले बताए। पाटनमा २०७३ साल भदौदेखि महिला सुरक्षित आवास गृह सञ्चालित छ। सेफ हाउस सञ्चालन भएको सात वर्षपछि आफ्नै भवन निर्माण बनेको सेफ हाउसका मनोविमर्शकर्ता डम्मरी भट्टले बताए। अहिले आफ्नै भवनबाट सेवा प्रवाश भइरहेको उनले जानकारी दिए।

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन ४, २०८१ १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट