October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ १0:१0
महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट