October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१ 00:५४
काङ्ग्रेस क्रियाशील सदस्य सकृय पार्न टोल/वडा सभापति परिचालन

बाजुरा- नेपाली काङ्ग्रेस क्रियाशीलता सदस्य सकृय पार्न वडा सभापति परिचालन गरिएको छ।

नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले नयाँ क्रियाशील र नवीकरण गराउन पालिकाका सातै वडामा टोल र वडा सभापति परिचालन गरिएको छ। अहिले केन्द्र बाट आएका क्रियाशील ६ सय ५६ जनाको आएको छ। अब सबै वडामा पुरानो क्रियाशील सदस्य अनुसार त्यसको २५ प्रतिशत हिसाबले नयाँ क्रियाशील सदस्य वितरण गर्ने काम भैरहेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुरा कोषाध्यक्ष भिमानन्द पाण्डेले बताए।

हिमाली गाउँपालिका सबै वडामा नेपाली काङ्ग्रेस क्रियाशीलता बारेमा पालिका समग्र बैठक बसेर वडामा गाउँ कार्यसमिति पदाधिकारी परिचालन गरेर वडा वडामा खटाएको छ। सबै वडा नेपाली काङ्ग्रेस नयाँ क्रियाशील र पुरानो नवीकरण गर्न सहजीकरण गर्नका निम्ति कार्यसमिति खटिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताएका छन।

नेपाली काङ्ग्रेस केन्द्रिय निर्देशन अनुसार वडा टोलमा नेपाली काङ्ग्रेस क्रियाशीलता दिने बारेमा वडाका काङ्ग्रेस भेला गराइएको छ। यसलाई मध्यनजर राखेर नेपाली काङ्ग्रेस टोल सभापति नयाँ क्रियाशील कति दिने पुरानो नवीकरण गराउन टोल सभापतिलाई जिम्मेवारी दिएको छ। हामी सबै वडा काङ्ग्रेस क्रियाशील संगै पाटी संघठन बलियो बनाउन वडा कार्यकर्ता लागेका छौँ। क्रियाशील सुदृढीकरण विषयलाई पहिलो प्राथमिकता दिएर अहिले सिङ्गो नेपाली काङ्ग्रेस पाटी लागेको वडा सभापति अमर रावलले बताएका छन।

पालिका भित्र आधा वडामा क्रियाशील वितरण गर्ने काम नवीकरण काम भैरहेको छ। अब केही दिनमा सबै वडामा नयाँ क्रियाशीलता र नवीकरण गरेर तत्काल जिल्ला पठाउन तिर हामी निरन्तरता अभियान जुटिरहेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सचिव बिष्नुभक्त रावतले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१ 00:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट