October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ १५:0८
अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरु र घोडाकोट लगायत ठाउँमा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ।

स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधानसिंह रोकायाले बताएको छन। बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि, डिमरपानी, लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा अल्लो र भागो प्रयाप्त मात्रा उत्पादन हुने भए पनि यो भन्दा अगाडी विभिन्न ठेकेदार मार्फत जिल्ला बाहिर लिएर प्रशोधन गरेर बजारीकरण भैरहेको थियो।

अहिले बुढीनन्दा नगरपालिकाको सहकार्यमा बैकल्पिक उजाको ६०% आर्थिक सहयोगमा प्रशोधन केन्द्र संचालन ल्याएको प्रशोधन केन्द्र संचालक रोकायाले बाताएका छन। अल्लो र भागो बाट कपाड, टोपि, जुत्ता, झोला लगायतका सामाग्री उत्पादन हुने भएका छ्न। पछिल्लो समय भागो र अल्लोका सामाग्री हरुको बजारमा माग बढन थाले पछि यसलाई व्यावसायिक रुपामा फोम संचालनमा आएको हो।

संचालक रोकयाका अनुसार पहिले यहाँको कच्चा पदार्थले मुल्य नपाउने, बिक्रि नहुने समस्याले किसानले अल्लो भागो खेती समेत गर्न छोडेका थिए भने अब गाउँमै आफ्नो उत्पादन आफैले लगाउन पाउने भए पछि स्थानीय खुसी बनेका छन। यस्ले प्रत्यक्ष रुमा गाउँमा बेरोजगार रहेका युबाहरु लाई रोजगारी हुने धेरै सम्भावना रहेकोे देखिन्छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ १६, २०८१ १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट