October 25, 2024 | शुक्रबार, कार्तिक ९, २०८१

बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ४, २०८१ १७:१४
बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका शैक्षिक सुधार गर्नका लागि १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ।

बिधालय प्रधानाध्यापक, बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघ अध्यक्ष अन्तरक्रिया कार्यक्रममा गाउँपालिकामा विभिन्न विषयमा बहस संगै शैक्षिक गुणस्तर बनाउन १० वटा महत्त्वपूर्ण निर्णय पारित गरिएको छ। उक्त निर्णय अनुसार बिधालय त्रिपक्षिय व्यक्तिहरुले पारित गरिएको भुमिका निभाउन सकियो भने केही सुधार पक्ष गर्न सकिने भएको छ। हामी सबैको जिम्मेवारी पूरा गर्नका लागि पालिका २२ वटा बिधालय शिक्षक, अभिभावक र विद्यार्थी तन मनका साथ लागि परियो भने शिक्षा गुणस्तर गर्ने कुनै समस्या नहुने भएको छ।

शैक्षिकसत्र सुरु भएको महिनाबाट शिक्षा विभिन्न निति भित्र रहेर काम सबै विद्यार्थी, अभिभावक र शिक्षकले आफ्नो भुमिका पालना गर्ने सक्यौं भने शैक्षिक गुणस्तर सुधार गर्न कुनै पनि समय नलाग्ने देखिन्छ। सबैले आफ्नो कामलाई कर्म रूपमा काम निरन्तरता दिएर लागि पर्ने जरुरी देखिन्छ। पहिलो वर्ष भन्दा अहिलेको वर्ष धेरै कुरामा सुधार हुन सक्ने अवस्था रहेकोे युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अवस्थीले बताएका छन।

पालिकामा एक अन्तरक्रिया कार्यक्रममा शिक्षा केही फेरबदल गर्न विभिन्न निर्णय गरेका छन। जसमा वर्ष बिदा असार १५ गतेदेखि साउन १५ गतेसम्म गरिने, त्रैमासिक परिक्षा भाद्र १० गते सञ्चालन गरिने, पालिका भरीका २२ वटा बिधालयका बालबालिका कक्षा ५ र ८ कक्षाको परिक्षा गाउँपालिका स्तरीय गर्ने, बिधालयमा प्रधानाध्यापकले बिदाको अभिलेखिकरण राख्नुपर्ने बिदा काम तथा अनुपस्थित भएको हाजिर कट्टी समेत देखाउनुपर्ने समेत निर्णय गरिएको छ।

त्यसै गरि खाली बिदा बापत बिधालय नआउने शिक्षकको तलब कट्टी गरिने, सार्बजनिक पद धारणा गरेको सम्पूर्ण व्यक्तिले राजनीति गर्न नमिल्ने, शैक्षिक तथ्यांक जेष्ठ २९ गते सम्म गरिसक्ने पर्ने समेत रहेको छ। शिक्षक अभिभावक संघ र बिधालय व्यवस्थापन समितिको संयुक्त अनुगमन रिपोर्ट महिनाको २ पटक पालिकामा पुर्‍याउने, बिधालयमा दिवा खाजा प्रभावकारी बनाउन प्रत्येक बिधालयमा भान्से व्यवस्थापन गरिने भएको छ।

प्रधानाध्यापकले प्रत्येक महिना बिधालयको प्रगति प्रतिबेदन शिक्षा शाखामा पेश गर्ने जस्ता निर्णय गरेका छन। हामी सबैले हातेमालो गरेर अगाडी बढाउन सकियो भने अझ बिधालय सुधार क्षेत्रमा प्रभावकारी हुने भएको छ। सबै बिधालय शिक्षक पढाउन काम, अभिभावकले विद्यार्थीहरु लाई नियमित स्कुल लगाउने र बिधालय व्यवस्थापन समिति संगै वडा जनप्रतिनिधि बिधालय अनुगमन गर्ने काम निरन्तरता गरियो भने शैक्षिक सुधार गर्न कुनै समय नलाग्ने भएको शिक्षा प्रमुख अवस्थीले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ४, २०८१ १७:१४

प्रतिक्रिया

एक प्रतिक्रिया on “बाजुराको हिमालीमा शैक्षिक सुधार गर्न १० वटा महत्त्वपूर्ण निर्णय पारित

  1. धेरै राम्रो।
    धेरैजसो शिक्षकहरु शिक्षण तालिमको अभावले ठूलो समस्या निम्त्याएकाले सके सम्बन्धित प्रशिक्षक नभए पालिका भित्रै अनुभवी शिक्षकबाट तालिमको व्यबस्था गर्न पाए अझ उत्तम।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?