October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३, २०८१ 0४:४३
ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका योजना काम अनुसार दाम लिने ठगीको जमाना सकियो छ।

गाउँपालिकाको निर्माणकार्य योजना पालिकाको लागत अनुसार काम नभएको योजनाको रकम भुक्तानी निकै समस्या हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। विगत समयमा काम मुल्यांकन अनुसार राम्रो गरेको भएपनि पहिलेको भन्दा अहिले काम गुणस्तर बनाउन लागिपरेको छौँ।

पालिका भित्र निर्माण ठेक्का र योजना जोडिएको सातै वडामा सञ्चालनमा आएका अथवा सम्पन्न भएका योजनाहरु काम अनुसार दाम दिइने भएको छ। गाउँपालिकाले बनाएको लागत स्टामेट बराबर काम नहुदा सम्म कुनै रकम भुक्तानी कार्य रोक्ने भएको छ। निर्माण स्थलमा प्राविधिक तथा पालिका अनुगमन अनुसार मात्र रकम भुक्तानी गरिने भएको छ।

जसले गर्दा योजनाको गुणस्तर गर्नेका लागि निर्माणकार्य बलियो र दिगो बनाउन लागी काम कडाइ गरिएको छ। धेरै काम गुणस्तर खालको बनाएको छ। त्यति मात्रै नभएर सानोतिनो मर्मत योजना देखि वृहत् निर्माणका योजना पहिलेको भन्दा अति राम्रो बनाउन तिर लागेका छौ। जतिको काम छ उत्तिकै दाम उपभोक्ता समितिलाई दिने भएको छ।

हिमाली गाउँपालिका आर्थिक वर्ष २०८०/०८१ का निर्माण योजना सानो मर्मत देखि निर्माण योजनाहरु २ सय जतिका निर्माण विकास योजना रहेका छन। अहिलेसम्म निर्माण योजना काम अनुसार पालिकाले भुक्तानी दिइने काम भैरहेको छ। अहिले पनि पालिकाको निर्माण योजना स्थलगत अनुगमन संगै प्राविधिक मुल्यांकन भए अनुसार अन्तिम रकम निकासी प्रक्रिया कार्य तिव्र रूपमा लिएको छ।

निर्माण योजना कामहरू सफल बनाउन गाउँपालिका कर्मचारी र उपभोक्ता समितिको विशेष भुमिका रहेको छ। जसले गर्दा हामी सिङ्गो पालिका समृद्धि बनाउने कार्यमा अहिले पनि जहिले पनि जिम्मेवारी उत्तिकै रहेकोे छ। हामी सबै सक्रिय भएर लागेर निर्माणकार्य मध्यनजर गरियो भने हाम्रो पालिका राम्रो पालिका बनाउन सकिने भएको छ। योजना जति छन। तिनीहरु विगतको भन्दा अहिले धेरै सुधार हुँदै गएको छ। पालिका दिएको लागत रकम अनुसार काम निर्माणकार्य स्थलमा सोही योजना भएन भने भुक्तानी गर्ने काममा समस्या पर्ने सक्ने छ। अब ठगीको जमाना सकियो योजना काम अनुसार रकम भुक्तानी प्रक्रिया फाइल अगाडि बढाउने अधिकृत भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३, २०८१ 0४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट