October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० १५:५९
बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बाजुरा – बुढिगंगा नगरपालिकाद्धारा साफे मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन ओटा सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ ।
बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले शुक्रबार एक कार्यक्रममा विच सडकको सिलान्यास गरी काम औपचारीक रुपमा सुरु गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताएका छन् ।


यो आर्थिक बर्षमा कामको सम्झौता भएर आर्थिक बर्ष २०८१/०८२ मा सम्पन्न हुने गरी बंगलामूखी÷ भाग्यश्वरी जेवीले बेतालमाण्डौ त्रिशक्ती हुदै जुवापानीसम्म पहिलो चरणमा २ किलोमिटर र ताप्रीसेरा वडा कार्यालय हुदै नडाङसम्म साढे दुई किलोमिटर सडकको जिम्मा पाएर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत्त नाथले बताए ।
त्यस्तै बाक्का बजार हुदै बुढिगंगा नगरपालिकासम्म ३ किलोमिटर सडकको जिम्मा महागौरी हण्ड्रीक डिप जेवी नयावानेश्वरसंग सम्झौता भएर केही दिनमै काम सुरु हुने नगरपालिकाले बताएको छ ।
हाल सिलान्यस भएर कालोपत्रे सुरु भएका ३ ओटै सकड बुढिगंगा नगरपालिकाको आफ्नै लगानीमा काम सुरु गरीएको छ, भने सुरुवाती चरणमा पालिकाको पैशा भएपनि निश्चित साधन श्रोतले सम्भावना नभएका कारण बाकी सडक कालोपत्रेका लागि सुदुपश्चिम प्रदेश सरकार सघिय सरकारसंग पनि माग गरेको बताईएको छ ।
उहाहरुको पनि सडक कालोपत्रेका लागि सहयोग गर्ने आश्वसन तथा प्रतिबद्धता भएको बताईएको छ ।
बुढिगंगा नगरपालिकाले ल्याएको निती तथा कार्यक्रम अनुरुप पहिलो चरणमा तीन ओटा ग्रामीण साविकका गाउविकास समितिसम्म जोड्ने र त्यसपछि गाउ बस्तिसम्मैका सडक कालोपत्रे गर्ने योजना अनुसार काम थालनी भएको बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले बताए । सडक चौडा बनाउदा जग्गा धनि स्थानिय नागरिक सवैको साथ सहयोगको पनि अपेक्षा रहेको नगर प्रमुख बानियाले बताए ।

आज ताँप्रीसेरामा एक कार्यक्रमका गरि शिलान्यास कार्यक्र म समापन गरियकाे थियाे उक्त सिलान्यास कार्यक्रममा नगरप्रमुख रामबहादुर बानिया उपप्रमुख माया खड्का  लगायत वडा  अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथ प्राविधिक प्रमुख उपेन्द्र साउद नगरपालिका रोजगार प्रमुख गोविन्द थापा स्थानिय लगाएको ठुलाे संख्यामा उपस्थिति रहेको थियो ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट