October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एनसीसी तालिम बाजुराकाे सत्यबादी मा सञ्चालन

  • सेती कर्णाली खबर
  • शनिबार, साउन ६, २०८० १३:0५
एनसीसी तालिम बाजुराकाे सत्यबादी मा  सञ्चालन

बाजुरा — नेपाली सेनाको राष्ट्रिय सेवा दलले एनसीसी तालिम बाजुरामा पनि सञ्चालन गरेको छ । देशका सम्पुर्ण जिल्लामा एनसीसी तालिम सञ्चालन गदै आएको सेवा दलले  बाजुराकाे सत्यबादी माध्यामिक बिद्यालय भाैनेरामा पनि तालिम सञ्चालन गरेको  छ ।

एनसीसी तालीम सञ्चालन गराउनका लागि नेपाली सेनाबाट छनौट भएकालाई जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरुलाई तालिम दिइएको सेनाले वताएको छ । बडिमालिका नगरपालिकामा रहेको सत्यवादी माविका १८ जना छात्र र १८ जना छात्रालाई तालिममा सहभागी गराइको नेपाली सेनाले जनाएकाे छ।

त्यस्तै सदरमुकाम मार्तडी स्थित क्रेटर जोन एकेडेमीका ३६ जना छात्राछात्रलाई समेत सहभागी गराई तालिम सञ्चालन गरिएको नेपाली सेनाको दुर्गा भन्जन गुल्मका गुल्मपति दिवाकर खड्काले बताएका छन ।उक्त तालिम सदरमुकाम मार्तडी स्थित क्रेटर जोन एकेडेमीमा सञ्चालन गरेको थियो ।

विगतका बर्षहरु झै यस बर्ष पनि युवाहरुलााई अनुशासीत, कर्तव्यनिष्ठ बनाई युवाहरुमा राष्ट्रसेवा भाव जागृत गरि शारीरिक एवम् मानसिक विकासको लागि उक्त तालिम सुरु गरेको दुर्गा भन्जन गुल्मले जनाएको छ ।
देशमा संकट परेको अवस्थामा नेपाली सेनाको मातहतमा रही तोकीए बमोजिम परिचालन हुन सक्ने समुह तयार गर्न तथा विपद् व्यावस्थापन कार्यमा खट्न सक्ने दक्ष्य एंवम राष्ट्रसेवक नागरिक तयार पार्ने उदेश्यका साथ जिल्लामा तालिम सञ्चालन गरेको दुर्गा भन्जन गुल्मका गुल्मपति खड्काले बताए ।
नेपाली सेना राष्ट्रिय सेवा दलको स्थापना कालमा प्रमाणपत्र तह अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको थियो ।

त्यसको सात बर्षपछि सिनियर डिभिजन स्थगित गरेर कक्षा ८ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुलाई तालिम दिन सुरु गरेको थियो । त्यस पछि लगत्तै २०७० सालदेखि उच्च् माध्यामिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई समेत तालिम लिन सुरु गरेको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, साउन ६, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट