October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

  • सेती कर्णाली खबर
  • सोमवार, असार २५, २०८० १५:५७
बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

 आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार दिउँसो लु.२ ख. २०११ नम्बरको पवनदूत यातायातको बस दुर्घटनामा परेको हो। मेलौली नगरपालिका–७ को सुवाखानीमा भएको बस दुुर्घटनाका २५ जना गम्भीर घाइतेसहितका ४१ जनालाई नै डडेल्धुरा पठाइएकोे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले ३ एम्बुलेन्स र ९ जिपबाट उनीहरुलाई थप उपचारका लागि डडेल्धुुरा अस्पताल पठाइएको बताएका छन्।

४१ मध्ये हालसम्म २० जना डडेल्धुरा अस्पताल पुगिसकेका छन्। उनीहरुको उपचार सुरु भएको अस्पतालले जनाएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। थप २१ जना भने पुग्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहरप्रसाद भट्टले बताएका छन्।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका–१ का २६ वर्षीय चन्द्रदेव पन्त, शिवनाथ–३ का ३५ वर्षीय गोरखसिंह साउँद, शिवनाथ–१ का ५५ वर्षीय गुमानीसिंह साउँद,  मेलौली नगरपालिका–७ की ५० वर्षीया उसा नेपाली र मेलौली–७ की २५ वर्षीया मञ्जु पार्की छन्। त्यस्तै पञ्चेश्वर–२ का २७ वर्षीय केशवराज लुहार, मेलौली–४ का २३ वर्षीय अमित चन्द, पञ्चेश्वर–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ–४ का ४० वर्षीय राम दमाई, ३५ वर्षीय भरतसिंह साउँद घाइते छन्।

शिवनाथ–५ की १८ वर्षीया संगीता रावत, मेलौली–७ का २५ वर्षीय विरेन्द्र भाट, १९ वर्षीय दिलिप भट्ट, मेलौली–३ का १५ वर्षीय विसन भट्ट, कञ्चनपुरको वनसमितिकी १३ वर्षीया दिपिका भट्ट, पञ्चेश्वर–५ की ३६ वर्षीया पार्वती भण्डारी, मेलौली–७ की २३ वर्षीया विमला नेपाली, पञ्चेश्वर–५ का ५ वर्षीय कृष भण्डारी, २२ वर्षीया पुजा साउँद र शिवनाथ–५ की १८ वर्षीया मिना चन्द  छन्।

  • सेती कर्णाली खबर
  • सोमवार, असार २५, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट