October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ठकुरी सहयोग सञ्जाल कतारको बृहत् साँस्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २९, २०७९ १२:१५
ठकुरी सहयोग सञ्जाल कतारको बृहत् साँस्कृतिक  तथा बनभोज कार्यक्रम सम्पन्न

शुलभ चन्द , कतार- दोहा /ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा कतारको शुन्दर नगरी सहाँनिया स्थित अलदोसरी गार्डेनमा फेब्रुअरी १० तारिक बृहत् बनभोज तथा सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।

“सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सन : २०१४ मा कतारमा स्थापना भएको संस्थाले स्थानिय कलाकार हरुको बेजोड साँस्कृतिक प्रस्तुतिमा बृहत् बनभोज कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष केशु मल्ल ठकुरीको सभापतित्व तथा एनआरएनए आइसिसि युवा उपाध्यक्ष राज रेग्मीको प्रमुख आथित्यमा, सञ्जाल कतारका संरक्षक, प्रमुख सल्लाहकार, विशेष सल्लाहकार लगायत कतारमा रहेका ठकुरी “राजा महारारानी” हरुको बाक्लो उपस्थिति रहेको थियो ।
विधिवत रूपमा उद्घाटन गर्दे शुरु गरिएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई वरिष्ठ उपाध्यक्ष खगेन्द्र शाही ठकुरीले स्वागत मन्तव्य बाट स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि रेग्मीले बोल्दै सञ्जाल कतारले गरेको विभिन्न कार्यहरुको चर्चा गरेका थिए । ठकुरि संस्थाको अमुल्य परम्परा, संस्कृती रितिरिवाज हरु छ्न, यिनै परम्परा बचाउन प्रवास कतारमा स्थापना गरिएको संस्थाको ठूलो जिम्मेवारी रहेको रेग्मीले बताए । 

सञ्जालले प्रत्यक्ष उत्साह रुपमा बृहत समाजिक कार्य गरिरहेको आफुले देखेको र आगामी दिनमा गर्ने कार्यहरुमा आफ्नो साथ सहयोग, हातेमालो गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनहरुमा कतार मात्र नभै बिश्व भरी नै उत्कृष्ट संस्था बन्न सकोस भन्दै आफ्नो शुभकामना दियका थिय ।
महिला सफल ब्याबसायी तथा नेपाली महिला समाज कतार को उपाध्यक्ष माया केसी, कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुली, प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष गणेश ढकाल, जनप्रगतिसिल मञ्च कतार का सचिव बिकास (बिक्की)प्रवासी नेपाली मञ्च का उपाध्यक्ष बिजय बिक्रम बस्नेत, नेपाली जनसम्पर्क समिति कतारका कोषाध्यक्ष चन्द्र कान्त शर्मा, एनआरएनए एनसिसि कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान संस्थाका एनआरएनए आइसिसि मध्ये पुर्व उप संयोजक तथा ठकुरि सहयोग सञ्जाल कतार संरक्षक केबी हमाल ठकुरी लगायतकाले मन्तव्य राख्दै ठकुरी सहयोग सञ्जाल कतार संख्याको हिसावले कमि रहेतापनि सामाजिक आर्थिक तथा नैतिक कार्यमा अगाडि रहेको भन्दै कतारमा रहेका सम्पुर्ण ठकुरी हरु सञ्जालमा आबद्ध रहेर आफ्नो भाषा धर्म, सस्कृती रितिरिवाज जोगाउन कतिबद्द्ता हुनुपर्नेमा जोड दिए
कार्यक्रममा शान्ति ओलि, अमृत लिम्बु, रितु काली, देव घिमिरे,अनिता सोनि, मिलन दर्लामी मगर, कमला गुरुङ,दिपक नेपाली,सृष्टि लामा, गोबिन गुरुङ, दिपक घले, हाँस्य कलाकार कुमार न्यौपाने, विवेक आचार्य लगायतका कलाकारको उत्कृष्ट प्रस्तुति रहेको थियो  कलाकार अमृत लिम्बु,र कार्यक्रम संचालिका इन्दिरा शाह ठकुरीको रोचक दोहोरीले कार्यक्रम निकै मनोरञ्जनात्मक बन्यो । कार्यक्रममा कलाकार, पत्रकार लगायत विभिन्न तरिका बाट सहयोग गर्नेलाई सम्मान पत्र बाट सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति केशु मल्ल ठकुरीले बोल्दै सञ्जाल कतारको बृहत बनभोज कार्यक्रम उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरे । विभिन्न कठिनाइको वावजुट कार्यक्रम सफल पार्न साथसहयोग गर्ने प्रती आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए भने सहजीकरण इन्दिरा शाह ठकुरीले गरेकी थिइन ।

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २९, २०७९ १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट