October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १, २०७९ १३:५८
एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।
नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको तल्लो क्षेत्रका सवै पालिकाका मतदाताहरुसंग भेटघाट र समिक्षा गरेर आज कोल्टीको अगुवा कार्यकर्ता भेलामा सहभागि भएका छन् ।

चुनावको मतपरिणामको समिक्षा र आम मतदाताहरुसंग साक्षात्कार गर्न एमालेका उम्मेदवारहरु कोल्टी क्षेत्रका पालिकामा केन्द्रित रहेको नेकपा एमालेका सचिव भरत थापाले बताएका छन् ।

आज कोल्टीमा निर्वाचन सम्पन्न पश्चात बुढीनन्दा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रमुख अथिति नेकपा एमाले स्थाई कमिटि सदस्य कणर्बहादुर थापा रहेका थिए।
त्यस्तै बिशिस्ट अथिति बाजुरा जिल्ला इन्चार्ज लाल बहादुर थापा र सुदुरपश्चिम प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी, एमाले बाजुराका अध्यक्ष काली बहादुर शाही रहेका थिए भने भेलामा एमालेका सचिव भरत थापा र उपसचिव जनक कुमार बोहरा अतिथिमा रहेका थिए ।

कोल्टीमा गरिएको भेलामा चुनावको मतपरिणामको समिक्षा र आगामी दिनमा पार्टीलाई बाजुरा जिल्लामा कसरी चलायमान बनाउने भन्नेबारे छलफल भएको अनेरास्ववियु बाजुराका अध्यक्ष दिल थापा (भोटे) ले बताएका छन् ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १, २०७९ १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट