December 30, 2024 | सोमवार, पुस १५, २०८१

दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ८, २०७९ 0९:५९

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन् ।

१८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक अरुले फिर्ता गराउन नसक्ने बताएका थिए । दार्चुला पछि बैतडी र कञ्चनपुरको सभा पनि त्यसैदिन सम्बोधन गरेका ओलीले राष्ट्रियताको एजेण्डालाई मुख्य एजेण्डा बनाएका थिए ।

तर यी तीन वटै जिल्लामा एमालेले जित्न सकेन । दार्चुलामा त ओलीले नेपालको भूमि फिर्ता ल्याउनेसहित जिल्लाको विकास आफ्नो जिम्मा भएको बताएका थिए । ‘यहाँको मुख्य समस्या नदी नियन्त्रणको तटबन्ध निर्माण गर्नु हो । म ग्यारेन्टीका साथ भन्छु । तटबन्ध एमालेले बनाउँछ,’ ओलीले भनेका थिए, ‘महाकाली नदीले दार्चुला र खलंगा बजार भत्काउन र बगाउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ म गर्छु ।’

१८ कात्तिकमा दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केपी शर्मा ओली/फाइल तस्वीर
ओलीले प्रधनमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमको विकासमा केही गर्न नसक्ने र भूमि फिर्ता ल्याउन नसक्ने नेता भनेर आरोप लगाए । ओलीको चेतावनी लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमा लिएर प्रधानमन्त्री देउवा दार्चुला पुगे । देउवाले सार्वजनिक मञ्चबाट नेपालको नक्सा प्रकाशित गर्ने भूमिका तत्कालीन नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले गरेको मात्रै बताएनन्, प्रतिनिधिसभा विघटन समेत सम्झिए ।

पालैपालो भएको सभाबाट नेताहरुले आ–आफ्नो उम्मेदवार जिताएर पठाउन जनतासँग आग्रह गरेका थिए । तर दार्चुलाको अन्तिम मतपरिणाम अनुसार, भने कांग्रेसका दिलेन्द्रप्रसाद बडूले जितेका छन् ।

बडूले २८ हजार ५१५ मत ल्याएर जित्दा एमालेका गणेशसिंह ठगुन्ना २६ हजार ३९१ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहे । बडूको यो जित अघिल्लो चुनावको बदला मात्रै नभएर स्थानीय चुनावको नतिजा उल्टिनु समेत हो ।

गत ३० वैशाखमा सम्पन्न चुनावमा बडूले जित्न सजिलो थिएन । सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा पनि एमालेले एउटै पनि पालिका प्रमुख जित्न सकेको थिएन । ९ मध्ये एमालेले ५ र माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको थियो ।

वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि बडूलाई जित सजिलो थिएन । एमालेले २९ हजार ३९७ मत पाउँदा कांग्रेसको २१ हजार ५५४ र माओवादी केन्द्रको ७ हजार ८८१ मत थियो । दार्चुलाको संसदीय इतिहासले पनि बडूका निम्ति अनुकूल होइन ।

२०४८ देखि चुनाव लड्दै आएका बडूले तीन पटक हारिसकेका थिए । ०४८ र ०५६ बाहेकका चुनाव बडुले जित्न सकेका थिएनन् । २०५१ मा एमालेका प्रेमसिंह धामी, २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशी र २०७० मा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित बडू २०७४ मा समानुपातिकमा बसेका थिए । तर ठगुन्नाका निम्ति भने दार्चुला तुलनात्मक सहज थियो ।

०६४ मा पराजित भए बडू २०७० र २०७४ को चुनाव जितेका थिए । उनी ओली नेतृत्वको तत्कालिन सरकारमा मन्त्री भए । साभार-www.onlinekhabar.com

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर ८, २०७९ 0९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।