October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा ब्लड बैंक नहुँदा जनप्रतिनिधि , सुरक्षा कर्मि र स्वास्थ्य कर्मिले रक्तदान गर्नु पर्ने बाध्यता

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ ३१, २०७९ 0५:३९
बाजुरामा ब्लड बैंक नहुँदा जनप्रतिनिधि , सुरक्षा कर्मि र स्वास्थ्य कर्मिले रक्तदान गर्नु पर्ने बाध्यता

बाजुरा — बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा  उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा कोही बिरामी भएर रगत चाहीएमा नेपाली सेना नेपाल, शसस्त्र प्रहरी, नेपाल प्रहरी गुहार माग्नु पर्ने बाध्यता रहेको छ।
सुरक्षाकर्मीले रगत दिएर बाजुरामा बिरामी बचाउने कुरा नयाँ होइन् । कोही बिरामीलाई रगत आबश्यक परे सुरक्षाकर्मी स्वास्थ्यकर्मी र जनप्रतिनिधीलाई हारगुहार गर्नुपर्ने बाध्यता रहेको छ । बडिमालिका नगरपालिका ४ बस्ने १९ बर्षिय खुस्मा उखेडलाई रगत आबश्यक पर्दा बडिमालिका ७ का वडाअध्यक्ष तथा नगर प्रबक्ता पाध्यायले रगत दिएका थिए । उखेडालाई बि पोजेटिभ रगत आबश्यक परेको थियो वडा अध्यक्ष  पाध्याय आएर रगत दिएर उनको ज्यान जोगियो जिल्ला अस्पताल बाजुराका  ल्याब असिटेन्ट जगत शाहिले वताए ।
समयमै रगत नपाउँदा विगतका वर्षदेखी यहाँका अधिकांश महिला तथा पुरुषको जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटी बाजुराले खोलेको ब्लड बैंक संचालन नआएका कारण यस्तो समस्या हुने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पतालमा ब्लड बैकंका लागि लाखौ रुपैया खर्च भएको भए पनि ब्लड बैंक स्थापना नहुँदा बाजुरामा रगत अभाव हुने गरेको छ । बाजुरामा कोही बिरामीलाई रतग चाहिएमा नेपाली सेना नेपाल प्रहरी, कर्मचारी र स्वयम स्वास्थ्य कर्मीहरुले रगत दिनुपर्ने बाध्यता रहेको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ ३१, २०७९ 0५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट