October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

  • सेती कर्णाली खबर
  • शनिबार, असार ११, २०७९ १२:३३
स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

 बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले पनि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको दोस्रा गाउँ सभाको पहिलो अधिवेशनले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको गाउँ सभामा उपाध्यक्ष मैना जोशीले आगमी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले जनताका आवश्यकता र औचित्यका आधारमा कार्यक्रम ल्याएका छन् । चालु योजनालाई निरन्तरताका साथै केही लोकप्रिय नीति तथा कार्यक्रम अघिसारिएको छ ।

त्यस्तै गाउँपालिकाले सुत्केरी महिला र दुर्गटनामा परेका विरामिलाइ निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, जेस्ठ नागरिकलाई घरमै स्वास्थ सेवा पुगाउने व्यवस्था गरिने, सुत्केरी महिलाहरुसंग उपाध्यक्ष कोसेलि कार्यक्रम लागू गरिने, गर्भवती महिलालाई नियमित स्वास्थ जाँच गरे बापत प्रोत्साहान स्वरुप पोका आयोडिनयूक्त नुन र पोषण सामग्री उपहार कार्यक्रम लागू गर्ने, मानिसको मृत्यु हुदा जन्मदा वा जन्मदिन मनाउदा सो अबसरमा प्रत्येक नागरिकले एक ओटा बिरुवा रोप्नु पर्ने, कार्यसम्पादन मुल्यांकनका आधारमा कर्मचारीहरुलाई पुरस्कार र दण्डको नीति पनि अघिसारेको छ ।

तराईको इनारको पानी जार र बोतलमा राखि पहाडमा खानु भन्दा पहाडको शुद्ध चिसो पानी प्रशोधन गरि “स्वामिकार्तिक मिनरल वाटर “नामक पानी उत्पादनका लागि निजि क्षेत्रसंग आवश्यक सहकार्य गरिने, मृतक परिवारसँग अध्यक्ष शान्तोना कार्यक्रम लागू गरिने, सम्पूर्ण उपभोक्ता समिति गठनमा महिला मात्र हुने नीति लिईएको छ ।

त्यस्तै नुन र खाद्यको डिपो गाउँपालिका केन्द्र सुईजिउलामा स्थापना गराइने, पोषण कार्यक्रम लागू गर्ने  दातृ निकायसंग साझेदारी गरिने, कृषि पेशालाई सम्मानित, मर्यादित र युवा वर्गको आक्रषणको पेसा बनाउनका लागि साथै कृषि उत्पादनलाई प्रतिस्पर्धि पेशाका रुपमा स्थापित गर्न र स्वरोजगार सृजना गर्नका लागि “योगदानका आधारित कृषक पेन्सन योजना “यसै आर्थिक वर्षबाट लागू गरिने गरिने नीति अघिसारेको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार ११, २०७९ १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट