October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स सेवा नवनिर्वाचित प्रतिनिधिले दिगो रुपले सञ्चालन हुने व्यवस्था गर्ने

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ११, २०७९ १७:४0
बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स  सेवा  नवनिर्वाचित प्रतिनिधिले  दिगो रुपले सञ्चालन  हुने व्यवस्था  गर्ने

बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र  विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् ।
नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।
निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा पत्रमा उल्लेख गरिएको पाँच वटा निर्णय कार्यान्वयन गर्ने गरि पाँच वटा निर्णय गरेको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
पाँच वटा निर्णयमा सुत्केरी र विपन्न परिवारका विरामीका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, मुक्त हलिया, खलिया र जनजातीका बालबालिकालाई प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न पाँच जनालाई छात्रवृत्ति सहीत पढाउने निर्णय गरेको छ ।
कोल्टीमा बर्षौदेखि प्रमुख समस्याका रुपमा रहेको खानेपानी र विजुली समस्या समाधानका लागि समिति बनाएरै काम अघि बढाउने निर्णय गरेको छ ।  पालिका भित्रका सबै स्वास्थ्य संस्थाको पूर्वाधार विकास गरि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने निर्णय गरेको छ ।
नगर बासीका सवाल र समस्यामा नगर प्रमुख प्रत्यक्ष जोडिन २४ घण्टे हटलाइन सेवा हेलो मेयर कार्यक्रम पनि सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले पाँच जनालाई प्राविधिक शिक्षामा लगानी गर्ने निर्णय पालिकामा बसोबास गर्ने मुक्त हलिया, खलिया, जनजाती र मुस्लीम परिवारलाई समेट्ने गरि गरिएको हो ।
२०७४ सालमा निर्वाचित जनप्रतिनिधीले पाँच वर्षमा कोल्टीको खानेपानी नै निर्माण गर्न नसकेको, विद्युत समस्या समाधान नगरेको आरोप लाग्ने गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहणकै दिन समस्या समाधान गर्ने निर्णय गरेपछि स्थानीय उत्साहीत बनेका छन् ।
सडक पहुँच पुगेर पनि सहज उपचार सेवा लिन नपाएका र बीच बाटो अनि घरमै सुत्केरी गराउनु पर्ने बाध्यता हटाउन विपन्न र सुत्केरी परिवारका लागि यसै वर्षबाट निशुल्क एम्बुलेन्स सेवा सञ्चालनको निर्णय गरिएको हो ।
पदभार ग्रहणमा नगर प्रमुख जनक कुमार बोहराले पाँच वर्षको कार्यकाल जनताको सेवा र समाजको विकासमा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बोहराले नेपाली काँग्रेसका उम्मेदवार पदम गिरीलाई १८ सय ४४ मतको अन्तरले विजयी भएका हुन ।

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ११, २०७९ १७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट