October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कृषकहरुलाई २३,५०० स्याउ र ३५०० ओखरको कलमी बिरुवा बितरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ४, २०७८ १५:५९
कृषकहरुलाई २३,५०० स्याउ र ३५०० ओखरको कलमी बिरुवा बितरण

उमेश जङ्ग शाही बाजुरा, प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना, परियोजना कार्यान्वयन एकाइ पिलुचाैर बाजुरा द्वारा ५०% अनुदानमा स्याउ र ओखर को कलमी बिरुवा बितरण भएको छ। बाजुरा जिल्लाको उत्तरपुर्बि क्षत्रको चारै वटा स्थानिय तहका कृषकहरुलाई जुल्लाको स्याउ र दाँतेओखरको कलमि बिरुवा बितरण गरेको छ । स्याउ ओखर जोन क्षेत्र बुढिनन्दा नगरपालिका वडा २ बाहेक सबै वडाहरु ,
जगन्नाथ गाउँपालिकाको १ देखि ६ वडाहरु,
स्वामिकार्तिक खापर गाउँपालिकाको१ देखि ५ सबै वडा र
हिमाली गाउँपालिकाको ६ र ७ वडाहरुमा आर्थिक वर्ष २०७८ / ०७९ मा स्याउ / ओखर क्षेत्र निर्धारण भइ जोन घोषणा गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन। त्यसै अन्तर्गत स्याउ र ओखरको क्षेत्र बिस्तार कार्यक्रममा ५०% अनुदानमा २३५०० स्याउको बिरुवा फागुन पहिलो साता   वितरण गरेको हो भनेे आज ३५०० दाँँते ओखरको बिरुवा जोन क्षेत्र भित्रका कृषकहरुलाई बितरण गरिएको परियोजना कार्यान्वयन इकाइ पिलुचौर बाजुरा कार्यालय प्रमुख निमित्त बरिस्ठ कृषि अधिकृत पवन कुमार तिवारीले जानकारी गराउनु भएकोछ । बाजुरा जिल्लाको उत्तर पुर्वी क्षेत्र सुख्खा र लेकालि क्षेत्र धेरै भएका कारणले चार वटा स्थानिय तहमा स्याउ र वखर वालीका लागि उपयुक्त क्षेत्र भएको हुदा स्याउ र वखरको उन्नत खेति गरि स्याउ र ओखरको उत्पादन गरि ( अर्गानिक )प्राङ्गारिक खेति गरि नेपालको विभिन्न क्षेत्रका बजारहरुमा फलफूलहरु बिक्रि बितरण गर्ने कृषक को आय आर्जनमा वृद्धि गर्नु स्याउ ओखर जोनको मुख्य उद्धेश्य रहेको नायब प्राविधिक सहायक शेर बहादुर केसीले बताउनु भएको छ । कृषकहरुले स्याउ र दाँतेवखरका बिरुवाहरु अनुदानमा पाउँदा खुसिभएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ४, २०७८ १५:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट