October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २८, २०७८ 0३:४४
स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्।
यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए ।
तालिमको उदघाटन गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि चिरिन्जिबि शाहिले गर्नु भएको थियो भने समापन योजना उपभोक्ता समिति अध्यक्ष भरत शाहिको अध्यक्षता भयको थिय। स्वामिकार्तिक खापर  गापा ५ जेरा मा १२ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिम संचालन २०७८ पौष १६ गते देखि संचालन भइ २०७८ पौष २७ गते सम्पन्न भएको छ ।
खानेपानी योजना निर्माण समपन्न तथा निर्माणधिन खानेपानी तथा सरसफाइ योजनाहरूका लागि ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरूका लागि प्राविधिक हिसाबले सक्षम र दक्ष बनाउने उदेश्यको थियो । तालिम १० वटा योजनाका लागि १६ जना ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरूको सहभागी रहेको परियोजना ब्यवस्थापन अधिकृत शाहीले  जानकारी दिएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २८, २०७८ 0३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट