October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेकपा एकीकृत समाजवादी प्रेस संगठनले प्रतिगमन बिरूद्द पाैष ५ गते विशेष भेला गर्ने- सेती कर्णाली खबर

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ४, २०७८ 0८:0१
नेकपा एकीकृत समाजवादी प्रेस संगठनले प्रतिगमन बिरूद्द पाैष ५ गते विशेष भेला गर्ने- सेती कर्णाली  खबर

काठमाडाै /समाजवादी प्रेस संगठन नेपालले संगठनको घोषणा गत कात्तिक २७ गते नेकपा कम्युनिस्ट पार्टी  एकीकृत समाजवादिका  अध्यक्ष  माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो। प्रेस संगठन घोषणा गरेको एक साता भित्रै वैधानिक रूपमा गत मङ्सिर ३ गते शुक्रबार  दर्ता प्रक्रिया सम्पन्न गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका हातबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका नेता तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका थिए।

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले भोलि पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।भेलामा करीब ५ सय सहभागी हुने तयारी गरीएको छ । गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले कार्यक्रम गर्ने भएको हो ।कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको भेलामा गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल हुने भएको छ ।

उक्त  समाजवादी प्रेस संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको कुरा संगठनका केन्द्रिय अध्यक्ष सम्भु श्रेष्ठले जानकारी दिनु भयो।अध्यक्षका अनुसार विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई संकुुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।जनता डबली शंखमुलमा मुख्य कार्यालय स्थापना गर्ने सम्झौता भएको छ ।अहिले हामी संगठनको निर्माणमा जुटेका छौं । यो क्रम जारी छ । बिधि र विधान अनुसार भेलाबाट पारित गर्ने तयारीमा लागेका छौ।त्यसैले अधिवेशन सम्पन्न गर्न ७७ जिल्लामा कमिटी निर्माण प्रक्रियाको अन्तिम अचरमा छौ। त्यसैले विधि र विधान अनुरुप संगठन भेला गरेर विधान पारित गर्ने र सो विधानबमोजिम प्रथम अधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्ने तयारीमा हामी लागेका छौं ।गत कात्तिक २७ गतेको घोषणासभाले संगठनको केही  पदाधिकारी घोषणा पछी प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा प्रचार विभाग गठन भइसकेको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, पुस ४, २०७८ 0८:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट