फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको गहन छलफलपछि एकैपटक १७ स्थानका उम्मेदवार फाइनल गरे।
कांग्रेसले यसपटक विशेषगरी कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाडी जिल्लामा बलियो दाबी प्रस्तुत गर्ने छ। टुंगो लागेका उम्मेदवारहरूमा हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्गबहादुर, जुम्लाबाट दीपबहादुर शाही र डोल्पाबाट कर्णबहादुर बुढा चुनावी मैदानमा उत्रिने भएका छन्। कालिकोटमा हर्ष बम, दैलेख–१ मा दिक्पाल शाही र दैलेख–२ मा बासना थापा छन्।

यस्तै सल्यानबाट केशबहादुर विष्ट, बाजुराबाट जनक गिरी, पूर्वी रूकुमबाट कुसुम थापा मगर र रोल्पाबाट डा. सुधनकुमार ओली चुनावी प्रतिस्पर्धामा छन्। प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ र पाँचथरमा नरेन्द्र केरूङलाई कांग्रेसले अघि सारेको छ।
पूर्वतर्फ तेह्रथुमबाट सन्तोष सुब्बा र धनकुटाबाट दिनेश राई उम्मेदवार बनेका छन् भने सुदूरपश्चिमको बैतडीमा चतुरबहादुर चन्दलाई टिकट दिइएको बताईएकाे छ