July 20, 2024 | शनिबार, साउन ५, २०८१

अवरुद्ध विद्युत आठ महिनापछि संचालन

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ २३, २०८० 00:0२
अवरुद्ध विद्युत आठ महिनापछि संचालन

बाजुरा –  जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा रहेको भुकाँखोला लघु जलविद्युत आठ महिनापछि संचालनमा आएको छ ।
गत वर्ष असोजमा आएको अविरलका कारण बाढी आएर नहर बगाएपछि अवरुद्ध भएको विद्युत पुनः संचालनमा आएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका हरि बुढाथोकीले बताएका छन् ।
विद्युतको नहर बगाएपछि अध्यारोमा बसेका गोत्री र स्वामीकार्तिक गाउँपालिका–२ का स्थानीयले आठ महिनापछि उज्यालो बत्ती बाल्न पाएका छन् । नहर मर्मत गरेर पुन संचालनमा ल्याएको बुढाथोकीले जानकारी दिएका छन् ।
साविकको गोत्री गाविसका नागरिक उक्त विद्युत सेवा पाइरहेका छन् । अध्यारो मुक्त बनाउने अभियानलाई सार्थकता बनाउने गरी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले साना जल विद्युतमा काम गर्दै आएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।
अवरुद्ध भएको भुकाखोला साना जलविद्युत सोमबार गाउँपालिकाका अध्यष कालीबहादुर शाहीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ मा रहेको उक्त अवरुद्ध विद्युत संचालन भएपछि पुनः सुचारुपछि स्थानीय सुखी भएका छन् ।

  • सेती कर्णाली खबर
  • -