August 15, 2025 | शुक्रबार, साउन ३१, २०८२

बाजुराको हिमाली-बिच्छ्याँमा बाढीका कारण पन्ध्रसय मानिस प्रभावित

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन ३१, २०८२ 0३:२७
बाजुराको हिमाली-बिच्छ्याँमा बाढीका कारण पन्ध्रसय मानिस प्रभावित

बाजुरा-   हिमाली गाउँपालिकास्थित कुवाडी खोलामा  एक्कासि आएको बाढीले पन्ध्र सय मानिस प्रभावित भएको हिमाली गाउपालिकाले जनाएको छ।

हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याँका १३ र वडा नम्बर ५ गोलीका ११ गरी २४ घर पूर्ण क्षतिग्रस्त ९११ घर बगेका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । सञ्चार सेवा अवरुद्ध छ ।

बुधबार अपराह्न साढे चार बजे आएको बाढीले खोला छेउछाउका बस्तीमा क्षति गरेको हो । ७० बाख्रा, चारवटा गाई पनि बगाएको छ । यद्यपि, स्थानीयले भने भागेर ज्यान जोगाएका छन् । यहाँका ७० घरपरिवार अहिले घर छाडेर नन्दापाटा, रुगिन, बिच्छ्याँ लेक वर्षा यामको लागि बनाइएको खर्कमा गएका छन् ।

हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले १५ सय मानिस प्रभावित भएको बताए । बाजुरा प्रहरीका सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार टेलिफोनको नेटवर्क नटिप्दा क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले विस्थापित परिवारका लागि खाद्यान्न, कपडा, भाँडाकुँडालगायतका सामग्री वितरण गर्ने तयारी भइरहेको बताए । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले हिमाली क्षेत्रको यो बाढीको कारण वर्षा मात्र नरहेको बताए ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन ३१, २०८२ 0३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट