March 10, 2025 | सोमवार, फाल्गुन २६, २०८१

बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २६, २०८१ १४:४६
बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बाजुरा– बाजुरा जिल्कोलाकाे बुढीनन्दा नगरपालिकाको वडा न १० काे पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ले साबिककाे पाण्डुसैन गा बि स लाई लक्षित गरि हालकाे १० नम्वर वडामाकाे पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको नेपाल खाद्यब्यबस्था तथा व्यापार कम्पनि बाजुरा शाखाले जनाएकाे छ ।

खाद्यन्न डिपोको सोमबार एक औपचारिक कार्यक्रमका साथ बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराले उद्धघाटन् गरेका छन् । बुढीनन्दा नगरपालिकाको पहलमा साबिकको पाण्डुसैन गाबिसका ४ ओटा वडा ७, ८, ९ र १० वडालाई लाभान्वित हुने गरी हालकाे वडा न १० मा खाद्य डिपो स्थापना गरिएको हो ।

सरकारको अनुदानबाट सर्वसाधारण नागरिकहरुलाई सहुलियत मुल्यमा खाद्यन्न उपलव्ध गराउनका लागि डिपो स्थापना गरिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताएका छन् । विगतमा बर्षमा यस क्षेत्रका नागरिकहरुले बजारकाे महंगो मुल्य तिरेर बजारको चामल किनेर खाने गरेका थिए । अव गाउँ नजिकै खाद्यन्न डिपो स्थापना भएपछि स्थानीय निकै खुसी भएकाे स्थानिय पदम बाेहराले बताएका छन् ।

बिगतकाे बर्षमा बजारकाे गुण्तर हिन र महंगाे चामल खानु बाध्य भएका हुन् कित काेल्टी शाखामा वा मार्तडी शाखामा गयर खाद्यान्हमा गयर चामल किन्नु पर्ने बाध्यता रहेकाे थियाे अब त्याे समस्या हटेकाे छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २६, २०८१ १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट