March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

बाजुराको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटना, २ जना विद्यार्थी घाइते

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन ४, २०८१ १४:0९
बाजुराको भानुदय माविका विद्यार्थी बोकेको बस  दुर्घटना, २ जना विद्यार्थी घाइते

बाजुरा : बुढीगंगा नगरपालिकामा रहेको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनमा परेको हो ।

सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा भानुदय माविका २६ जना विद्यार्थी सवार थिए । उनीहरु नेपालगन्ज भ्रमणको लागि हिडेको थिए । बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ । २६ जना विद्यार्थीहरू मध्ये २ जना विद्यार्थी घाइते भएका छन् ।

प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् । उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

अन्यको विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ । भने उपाध्ययको छातिमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरु शैक्षिक भ्रमणका लागि शिक्षक सहीत नेपालगञ्ज हिँडेका जान लागेका हुन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन ४, २०८१ १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट