December 28, 2024 | शनिबार, पुस १३, २०८१

मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको खत्रीको निधन 

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १२, २०८१ 0४:३१
मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको खत्रीको निधन 

– मोटरसाइकलको ठक्करबाट घाइते भएका बडीमालिका नगरपालिका–७ जिल्लीका ३० वर्षीय धर्म बहादुर खत्रीको धनगढीमा मृत्यु भएको छ । भने सवारी चालक २५ वर्षीया  शर्मिला थापा घाइते भएकी छन्
बिहीबार बेलुकी अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको सु.प.प्र. ०१–०१२ प ७११ नम्बरको मोटर साइकललाई ठक्कर दिदाँ घाइते खत्रीको धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकलले पछाडीबाट ठक्कर दिदाँ सु.प.प्र ०१–०१२ प ७११ नम्बरको मोटरसाइकल चालक डोटी, शिखर नगरपालिका ११ बस्ने वर्ष २५ की सर्मिला थापा र  मोटरसाइकल पछाडी सवार खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता कविन्द्रसिं बोहराले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक धनगढी उप महानगरपालिका–५ बस्ने २५ वर्षीय पुरन शालाई प्रहरीले नियन्त्रण्मामा लिएको बताए ।
दुर्घटनमा परेर चाकल शर्मिला थापाको उपचार धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल ठक्कर दिने शालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोहराले बताएका छन् ।
मृतक खत्री बडीमालिका नगरपालिका ७ जिल्लीमा रहेको मार्तडी स्वास्थ्य चौकी चु थीकाप्रमुख  हुन् । उनी स्वास्थ्यको तालिमका लागि धनगढी गएका थिए ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १२, २०८१ 0४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।