October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १६:५२
फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाकाे मार्तडी स्वास्थ्य चाैकी चुथी र जुगाडा स्वास्थ्यचाैकी भैनेरामा सञ्चानल भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संञ्चालन भएकाे हाे ।
जेष्ठ २७ र २८ गते गरि दुई दिने शिविर आइतबार नगरपालिकाको वडा नंः १ र २ जुगाडा स्वास्थ्य चौकीमा २ सय र सोमबार वडा नम्बर ७ स्थित मार्तडी स्वास्थ्य चौकी चुथीमा २ सय जना गरि ४ सय बढिले जनाले सेवा लिएकाे स्वास्थ्य परिक्षण गरिएको मानव संशाधन केन्द्र बाजुराले जानकारी दिएको छ ।
ह्याण्डिक्याप इन्टरनेशनल र मानव संशोधन केन्द्र बाजुराको आयोजना र बडिमालिका नगरपालिका, जिल्ला अस्पताल बाजुरा र स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा दुई दिने निःशुल्क शिविर सञ्चालन गरिएको एचआरसी बाजुराका अध्यक्ष निर बहादुर शाहीले बताएका छन ।

शिविरमा अपांगतामा भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा, पाचँ बर्ष मुनिका बालबालिकाहरुको अपांगता सम्बन्धी शिघ्र पहिचान र परामर्श, पाठेघरको समस्याको परामर्श, गर्धन, ढाड, कुम दुखेको, नशा च्यापिएको, हड्डी भाँचिएको, पक्षघात भएको, फिजियोथेरापी सम्बन्धी सम्पूणर् परामर्श लगायतका सेवा प्रदान गरिएको एचाआरसी बाजुराले जनाएको छ ।
त्यसै गरि शिबिरमा अपाङ्गता भएका सेवाग्राहीहरुलाई ह्विलचियर बैसागी लगायतका साम्रगीहरु समेत बितरण गरिएको छ । त्यसै गरि शिबिरमा आएका बिरामीहरु मध्य जटिलता भएका बिरामीहरु जिल्ला अस्पताल र जिल्ला बाहिर रिफर गरिएको एचआरसी बाजुराका कार्यक्रम संयोजक रमेश सुनारले बताएका छन । दुई दिने शिबिरमा चेकजाँच र उपचार पश्चात ७ जना भन्दा बढिलाई जिल्ला बाहिर रेफर गरि पठाउनुनर्पे रहेको कार्यक्रम संयोजक सुनारले बताएका छन । बडिमालिका नगरपालिका वडा न २ बाट संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका हुन्।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २८, २०८१ १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट