October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा माटोको ढिस्कोले पुरिँदा कालिकोटका एक जनाको मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १७, २०८० 0३:३0
बाजुरामा  माटोको ढिस्कोले पुरिँदा  कालिकोटका एक जनाको मृत्यु

बाजुराकाे जगन्नाथ गाउँपालिकामा घर निर्माणको लागि जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर कालिकोटका एक जनाको मृत्य भएको छ।

जगन्नाथ गाउँपालिका-६ काप्री स्थित आफ्नै भिनाजु दिर्घ सार्कीको घरको जग खन्ने क्रममा  एक्कासी माथिबाट माटोको ढिस्को आई कालिकोटको पलाता गाउँपालिका-२ बस्ने १८ वर्षीय बिरेन्द्र सार्कीको बुधवार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटि आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन १७, २०८० 0३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट