October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

देशकै दुर्गम बस्ती बिच्छ्याँमा लघुजलविद्युत आयोजनाको शिलान्यास

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर २४, २०८० १४:४९
देशकै दुर्गम बस्ती बिच्छ्याँमा लघुजलविद्युत आयोजनाको शिलान्यास

उमेश जङ्ग शाही,बाजुरा – देशकै दुर्गम बस्ती हिमाली गाउपालिका स्थित साबिकको बिच्छ्याँ लघुजलविद्युत आयोजनाको शिलान्यास आज सिलान्यास भएको छ।
देशकै अति दुर्गम तथा भौगोलिक हिसाबले बिकट बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा. बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ हिमाली गाउँपालिकाको ४ बर्ष अगाडिदेखीको पहल एब्म निरन्तर समन्वयमा कादुरी संस्थाको आर्थिकप्राबिधिक सहयोग हुने गरि झन्डै ९ करोड बराबरको लगानीमा निर्माण हुने गरि हिमाली २ को नातिखोलामा नातिखोला लघुजलविद्युत आयोजनाको शिलान्यास कार्यक्रम गरिएको छ।
साविक बिच्छ्या गा बि स का आमनागरिक , स्थानीय जनप्रतिनिधि संघसस्थाका एवम् बिद्यालय स्वास्थ्य संस्थाका कर्मचारी कादुरी संस्थाका साइड सुपरभाइजर लिलाधर राई , गाउँपलिका उपाध्यक्ष राजकला सार्की हिमाली गा पा नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी लगायतका कर्मचारीको उपस्तिथिमा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले १३० किलोवाट बढी बिधुत उत्पादन हुने आयोजनाको शिलान्यास गर्नु भएको हो ।यस क्षेत्रमा हाल सम्म उज्यालोको अन्य विकल्प नभएको सल्लाको झरो बाल्ने गरिएको  बताइएको छ।
यो आयोजना २०८१ फाल्गुन महिनामा सम्पन्न हुनेछ र बिधुत उत्पादन पछि बिच्छ्या आसपासका बस्तीहरुमा जडिबुटी सग सम्बन्धित , फलफूल तथा रैथाने बालिका साथै अल्लो लगायत अन्य बन पैदावर सग सम्बन्धित साना ठुला उधोग एवम्  बिद्धुतिय  उर्जाबाट सञ्चालन हुने मेशिन तथा मिलहरु सन्चालन भै जिविकोपर्जनमा सुधार हुनुको साथै स्थानीयको आर्थिकसामाजिक बिकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यो आयोजना बाट करिव ६०० घरधुरीका ३ हजार बढी प्रत्येक्ष लाभान्वित गाउपालिका अध्यक्ष गोविन्द  मल्लले बताए।
हाल उक्त आयोजनाको हेलिकप्टर मार्फत सामान ओसारपसार गर्नुपर्ने भएको हुँदा ९ वटा स्थानमा हेलिप्याड समेत निर्माण भएको छन र धेरै सामग्री ढुवानी भैसकेको छ ।
आयोजना संचालन हुने स्थान नेपालकै दुर्गम बस्तीहरु रहेको स्थान हो ।
हिमाली गाउँपालिकाको आफ्नै लगानीमा केहि महिना अगाडि मात्रै हिमाली ५ कुवाडिमा कुवाडी लघुजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरि १०० कि वा जलविद्युत उत्पादन गरि हिमली गाउँपलिका वडा न्न ४,५ र ६ का बस्तिमा समेत उज्यालो बत्ती बितरण गरिएको  हिमाली गाउपालिका निमित्त प्रमुख प्रशासकीय  राजबहादुर भण्डारीले सेतिकर्णाली खबरलाई बताए।

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर २४, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट