October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ ५, २०८० 0९:३५
बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न।

गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि पेशागत भन्दा फलफूल खेतीपाती पहिलाको अवस्था  भन्दा अवस्था धेरै फरक कृषि क्षेत्रमा फस्टाएको कृषक हिमाली गाउँपालिका वडा नम्बर ६ का स्थानीय रमिला रावलले बताइन् ।

हिमालीको अधिकांश क्षेत्रमा फलफूल खेतीमा कृषकले लगाएको स्याउ र ओखर उत्पादनमा आकर्षक भएका छन। कृषक आफ्नो फलफूल आफैले जोगाएर पलाएको हुनाले गाउँपालिकाको खाद्य कार्यक्रम निति तथा कार्यक्रम लागु भइ कृषकलाई बोट बचाएर उब्जाए बापत प्रोत्साहन स्वरुप एक रुखको ५ किलोग्राम खाद्यान्न उपलब्ध गराएको हुँदा अगुवा कृषक वृक्षरोपण कार्यक्रम प्रति प्रभावित भएको कारण बढी जोड दिएको रावलले बताए।

स्याउ र ओखर लगाए जतिका फलफूल विरुवा बचाएर फल लागे भने स्वदेशमा रोजगार हुने सम्भावना रहेको छ। फलफूल खेतीलाई आधुनिक व्यवसायी रुपमा निरन्तर दिइए भने हामीले विदेश धाउनुपर्ने अवस्था नरहने कृषक दयाराम भण्डारीले बताउनुभयो। गाउँमा फलफूल खेती गरेपछि जीविकोपार्जनका लागी सहयोग मदत पुगियोको छ। पहिला चामल खाद्यान्न किनेर खानुपर्ने अवस्था थियोे। आजभोलि फलफूलका बोट जोगाएर पछि गाउँपालिका वर्षको वर्षमा प्रत्येक बोट बचाउ भने ५ किलोग्राम हिसाबले कृषकलाई चामल जति बोट विरुवा बचाए त्यति खाद्यान्न उपलब्ध गराएर पाउने गरेको कृषक भण्डारी बताए।

लगाएका फलफूल विरुवा राम्रोसँग संरक्षण गरे भने केही वर्ष पछि फलफूल बेच्दै आर्थिक उन्नतिशील प्रदान हुने भएको छ। गाउँमा उत्पादन गरेको फलफूल बजारमा बेचेर पैसा कमाउने हो भने हिमालीका हजारौं युवा स्वदेशमा रोजगार बन्ने छन। गाउँ युवा गाउँमा रोजगार पाउने हुँदा गाउँपालिका धेरै कृषक फलफूल खेतीपाती बढी प्रभावित भएका छन। स्वदेशमा बसेर फलफूल व्यवसायी गरेर आर्थिक लाभ संगै वर्षमा लाखौं पैसा आम्दानीको स्रोत हुनेभएको कृषकको भनाइ रहेकोे छ।

गाउँपालिकाले बोट पनि आफै रोप्ने र लगाएको विरुवा जोगाएर राखेपछि पालिकाले प्रत्येक वर्ष एक बोट बराबरको ५ किलोग्राम चामल कृषकलाई दिने गरेको छ। न्युनतम आधा कुइन्टल देखि दुई तीन कुन्टल चामल पाउने गरेको छ। बोट पनि आफ्नै चामल आफैले पाउने हुँदा गाउँपालिका कृषक फलफूल व्यवसाय प्रति चासो दिएको छन।अहिले लगाएको बोट मध्य केहि विरुवा रुख बाट स्याउ लाग्ने गरेका छन। एक दुई साल पछि स्याउ रुख बाट स्याउ फाल्नुपर्ने हो भने गाउँमा पैसा स्रोत बढाउनेछ। हिमाली धेरै कृषक स्याउ खेतीयोग्य बनेका स्थानीय चीन बहादुर रावलले बताउनुभयो।

आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने हुँदा कृषक फलफूल खेतीबाट आकर्षक भएका छन। गाउँपालिका करिब ५० हजार स्याउ, ओखर, सुन्तला र कागती बोट कृषकलाई पालिका बाट खरिद गरि कृषकलाई नि: शुल्क वितरण दिएको हो। गाउँपालिकाका ७ वडा स्थानीय सम्पूर्ण कृषकहरु लाई वडामा फलफूलका बोट विरुवा दिएको हो।

वृक्षरोपण कार्यक्रम प्रभावित गर्नेको निम्ति हिमाली सबै कृषकलाई एउटा बोट जोगाए बापत ५ किलोग्राम चामल वर्षमा दिइने गरेको छ। वृक्षरोपण कार्यक्रम ५ वर्ष सम्म कृषक लगाएको स्याउ र ओखर जोगाए भने चामल प्रोत्साहन स्वरुप निरन्तर दिदै आइरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए।

  • सेती कर्णाली खबर
  • मङ्लबार, भदौ ५, २०८० 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट