October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पोखरामा शालिक विवाद कारण, चेपुवामा मेयर

  • सेती कर्णाली खबर
  • आइतवार, साउन २८, २०८० १६:४0
पोखरामा शालिक विवाद  कारण, चेपुवामा मेयर

पोखरा ,श्रावण २८,
पोखरामा यतिवेला राष्ट्र निर्माता पृथ्वी नारयाण शाह र नेपालका प्रथम सहिद लखन थापाको सालिकलाइ लिएर विवाद वढेको छ । एउटा समय थियो सडकका चोक चोकमा राजा महाराजाका तथा बिभिन्न काल खण्डमा शहिद भएका नेताहरुका सालिक राख्ने । तिनै नेताहरुका तथा राजा महाराजाको नामवाट ती चोकहरुको नामाकरण गर्ने । यो क्रम केही अगाडि सम्म रहेको थियो । पञ्चायत कालमा राजामहाराजाका सालिकहरु राख्ने गरिन्थ्यो भने प्रजातन्त्र आएपछि र गणतन्त्र आएपछि त कतिपय ठाँउमा राजा महाराजाका सालिकहरु भत्काएर नेता ÷सहिदका सालिक राख्ने काम समेत भए । यसैको उदारणको रुपमा पोखराको पृथ्वीचोकमा रहेको पृथ्वी नारायण शाहको शालिकलाई हटाएर नेपालका प्रथम सहिद लखन थापाको सालिक राखियो । लखन थापाको सालिक राखिसकेपछि चोकको नाम समेत लखन चोक राखियो । त्यसको एक पक्षले समर्थन गरे भने अर्को पक्षले विरोध । तर पोखरा महानगरपालिकाले तत्कालिन समयमा मद्यमार्गि वाटो निकाल्दै पोखराका चोकचोमा रहेका सालिकहरुलाई एउटा पार्क वनाएर राख्ने निर्णय ग¥यो । पोखरा १८ जामुन वोटमा पार्क समेत वनाईयो ,केही सालिक लगियो पनि तर केही सालिकहरु अझै लगिएको छैन । त्यतिवेलानै सवै सालिकहरु लगिदिएको भए आज सम्म सालिकको विवाद पोखरामा समाप्त हुने थियो । यस्तै खालका दवावका कारण तत्कालिन महानगरपालिकाको नेतृत्वले उक्त काम गर्न सकेन ।
हाल पोखरामा पृथ्वी नारायण शाह र लखन थापाको सालिक विवादले उग्र रुप लिएको छ । २९ औ आदिवासी दिवसको दिन पोखराको पृथ्वीचोक स्थित सहिद लखन थापाको शालिकको आडमा राखिएको सानो आकारको पृथ्वी नारायण शाहको फलामको प्रतिमा सहितको फोटो उठाएर अन्यत्रै लगिएपछि फेरि पोखरामा सालिकको वारेमा विवाद र विरोध सुरु भयो । पृथ्वीचोकमा पृथ्वी नारायण शाहको सानो कदको शालिक राप्रपाको अगुवाईमा यसे वर्षको राष्ट्रि एकता दिवसको दिन राखिएको थियो । उक्त दिन हटाएको सालिक राप्रपाका नेता कार्यकर्ताहरुले ल्याएर पुन पृथ्वीचोकमा राखे पृथ्वीचोमा पुन पृथ्वीनारायण शाहको प्रतिमा राखेपछि पुन विवाद वढ्ने र झडप समेत हुन सक्ने भन्दै महानगरपालिकाले पृथ्वीनारायण शाहको प्रतिमालाई उठाएर पोखरा महानगरपालिकामा राख्यो । पृथ्वीचोकवाट पृथ्वी नारायण शाहको प्रतिमा हटाएपछि राप्रपका नेता कार्यकर्ताहरुले पृथ्वी नारायण शाहको मूर्ति राताराता चोरी भएको भन्दै मेयर धनराज आचार्य विरुद्ध नारावाजी गर्दै उनको पुत्ला समेत दहन गरे । राप्रपाका गण्डकी प्रदेश अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले देशको साझा सम्पत्ति चोरी भएकोमा अत्यन्त दुखी भएको छु भन्दै सामजिक सञ्जालमा पोष्ट समेत गरे । राप्रपाका नेता कार्यकर्ताहरुले पृथ्वीचोकमा पुन पृथ्वीनारायण शाहको सालिक राख्न दवाव दिएका छन् उनिहरुले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मूर्ति पृथ्वीचोकवाट हटाएकोमा रोस प्रकट गरेका छन् । मेयर आचार्य भने दुवै तर्फको चेपुवामा परेका छन् ।
पोखरा महानगरपालिकाले भने राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिर तत्कालका लागि सुरक्षित साथ पोखरा महानगरमा राखिएको जनाएको छ । महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सीनाद्धारा हस्ताक्ष्रित अनुरोध पत्रमा महानगरपालिकाले पोखरा महानगरपालिकामा शुक्रवार सम्पन्न सर्वदलीय÷सर्वपक्षीय बैठकले सहरका मुख्य सडकहरूमा रहेका सबै सालिकको स–सम्मान व्यवस्थापन÷स्थानान्तरण गर्ने निर्णय गरेको , साथै प्रथम सहिद लखन थापाको सालिकसँगै रहेको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिर तत्कालका लागि सुरक्षित साथ महानगरमा राख्ने र लखन थापाको सालिक सहित सडकमा रहेका सालिकहरूलाई एक महिना भित्र व्यवस्थापन÷स्थानान्तरण गर्न राजनीतिक दल, सरकारी निकाय तथा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय तथा छलफल अघि बढाउने निर्णय भएको स्मरण गराएको छ ।
उपरोक्त तथ्यलाई फरक तरिकाले व्याख्या÷विश्लेषण गरी जनमानसमा भ्रम सृजना गर्न खोजिएको प्रति पोखरा महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । महानगरभित्र बढ्दो जनघनत्व, ट्राफिक चाप र सहरी सौन्दर्यीकरणलाई ध्यानमा राख्दै सडकका सालिकहरू व्यवस्थापन गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गरिदिनुहुन र यस विषयलाई लिएर भ्रमपूर्ण गतिविधिहरू नगर्न÷नगरिदिनुहुन पोखरा महानगरपालिका ले सवैको ध्यानाकर्ष गराईएको जनाएको छ ।
यस अघि शुक्रवार पोखरा महानगरपालिकामा वसेको सर्वदलीय ÷सर्वपक्षीय वैठकमा पोखराका चोक चोकमा रहेका सालिकहरु एक महिना भित्र पोखरा १८ स्थित जामुन वोटमा लगेर व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, विभिन्न राजनितीक दलका प्रतिनिधि, र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यसै विच सालिकको विषयलाई लिएर सवै पक्ष संयमित हुनुपर्ने देखिएको छ । पोखराका चोहरुवाट शहिद पार्कमा लगेर सालिकहरुलाई व्यवस्थापन गर्ने निर्णय महानगरपालिकाले गरिसकेको हुनाले अव सालिकलाई कसैले पनि प्रतिष्ठा संग जोड्नु हुदैन । राप्रपाले पृथ्वीचोकमानै पृथ्वीनारायण शाहको सालिक राख्ने अडान लिने र नेपाल मगर संघ लगायत जातिय संस्थाहरुले लखन थापाको भन्दा अरुको सालिक राख्न नदिने अडान लिने हो भने त्यसले सामाजिक सद्भाव खल्वलिने , अशान्ति फैलने र आन्दोलनको रुप लिन सक्ने हुँदा यसलामा सवै पक्ष संयमित भई समाधान खोज्नु जरुरी देखिन्छ । फेवा पाेष्ट

  • सेती कर्णाली खबर
  • आइतवार, साउन २८, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट