October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोल्टीमा जटिल प्रकृतिको सफल सल्यक्रिया

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १३, २०७९ 0८:५१
कोल्टीमा  जटिल प्रकृतिको सफल सल्यक्रिया

 १३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्।
बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल सल्यक्रिया गरेका छन्।
रमिला विकबाट यो भन्दा अगाडि पनि उहाँको कोखबाट तीन वटा बच्चा खेर गै पाठेघरमा समेत समस्या रहेको थियो । उक्त सफल सल्यक्रियामा डा. रन्जित शाह ( MDGP), डा. सोनाम गुरुङ(OB/GYN), डा. चेत ब. धामी (MO) , डा. लालबाबु कुमार यादब (एनेस्थेसिया असिस्टेन्ट ) र नर्सिङ कर्मचारी लगायतको टिम बाट उक्त सल्यक्रिया ( CS ) सेवा सफल भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भएको यो दोस्रो सफल सल्यक्रिया हो ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस १३, २०७९ 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट