October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

निर्माणाधीन भवनको भुइँमै बसेर पढ्छन हुम्ला ताँजाकोटका विद्यार्थी

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन १२, २०७९ १0:५६
निर्माणाधीन  भवनको भुइँमै बसेर पढ्छन हुम्ला  ताँजाकोटका विद्यार्थी

नरजन तामाङ   १२ साउन, हुम्ला  – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन ।

ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा र बाबुराम कन्स्ट्रक्सन निर्माण सेवाको लापरबाहीले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो ।

भवन निर्माण नभएपछि भुइँमा पढ्दै आएको कक्षा ६ छात्रा सुविधा शर्माले दुखेसो गरिन । कक्षा कोठा नहुदाँ सरहरूले यतै राखेर हामीलाई पढाउनु हुन्छ- शर्माले भनिन् ।

“भवन छैन । गत वर्षको बाढीले भवन पुरिदिएपछि भवनको अभाव भएकोले हामीहरु भुइमै बसेर पढ्दै आएका छौँ”- कक्षा ६ मा अध्ययनरत छात्र जसबहादुर सुनार बताउँछन ।

ठेकेदारहरूले समयमै सम्पन्न नगरेपछि ४० लाखको चार कोठे भवन र ५० लाखको पाँच कोठे भवन दुई वर्षदेखि अधुरै छन ।
४० लाखमा चार कोठे भवनको जिम्मा पाएको प्रसान्त निर्माण सेवाका प्रोपाइटर नन्दखर जैसीले चुनावका कारण भवन निर्माण ढिलासुस्ती भएको बताए ।

काठहरू संकलन भइसकेको अब १५ गतेभित्र सम्पन्न गर्ने जैसीले दावी गरे ।
५० लाखमा पाँचकोठे भवनको जिम्मा लिएका बाबुराम कन्स्ट्रक्सन निर्माण सेवा यस विषयमा बेखवर देखिएको छ ।

धर्मोदय माध्यमिक विद्यालयका प्रधानाध्याक गंगादत जैशीका अनुसार गत वर्ष पहिरोले भवन नै पुरिदिएपछि समस्या आएको बताउनुहुन्छ ।।

  • सेती कर्णाली खबर
  • बिहिबार, साउन १२, २०७९ १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट