November 28, 2026 | शनिबार, मंसिर १३, २०८३

दुर्घटना अपडेट : घाइतेको उपचारका क्रममा मृत्यु

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १३, २०८३ 0१:५२
दुर्घटना अपडेट : घाइतेको उपचारका क्रममा मृत्यु

बाजुरा- शुक्रबार राति साढे ६ बजे जगन्नाथ गाउँपालिका–३ मनिकाँडामा ट्याक्टर दुर्घटनामा परी घाइते भएकी एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएकी ५२ वर्षीया रामसरा देवी सिंहको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार घाइते भएका चार जनालाई इलाका प्रहरी कार्यालय कोल्टीको गाडीमा उद्धार गरि ल्याइएको र एक जनालाई हिमाली गाउँपालिकाको एम्बुलेन्समा कोल्टी ल्याइएको भएपनि शनिबार मध्ये राति सिंहको उपचारका क्रममा मृत्यु भएको बताए ।
दुर्घटनामा परी ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको थियो । पिलुचौरबाट मनीकाँडा जाँदै गरेको सु.प.प्र. ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार भएका ७ जना मध्ये तीन जनाको मृत्यु भएको छ । भने चार जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भईरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटको भनाई रहेको छ ।
कोल्टीमा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका– ४ बस्ने २१ वर्षीय नविन बोहरा, जगन्नाथ गाउँपालिका–३ मनिकाँडा बस्ने ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगिता शाही रहेको उपचार भइरहेको प्रहरी निरिक्षक तथा प्रवक्ता भाटले बताएका छन् ।
घाइते भएका ट्याक्टर चालक बोहरा र विउरा,सिद्धा ओड र संगिता शाहीको हातखुट्टा,छाती,टाउको,ढाड लगायतका ठाउँमा चोट लागेको छ । पिलुचौरबाट गएको ट्याक्टर अनियन्त्रित भई दौडी खोलामा दुर्घटना भएको हो ।

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १३, २०८३ 0१:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट