September 10, 2024 | मङ्लबार, भदौ २५, २०८१

विद्धुत आपूर्तिको माग गर्दै बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ६, २०७८ 0८:५९
विद्धुत आपूर्तिको माग गर्दै  बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

बाजुरा,जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र र त्रिवेणी साना जलविद्युत कार्यालयमा नियमीत विद्युतको माग गर्दै मंगलवार देखी नागरीक समाज लगाएत सदरमुका बासी आन्दोलन गरि रहेका छन् ।
प्राधिकरणको कार्यालयमा तीन दिन दृखी तालाबन्दी गर्नुका साथै जिल्ला बासी सडकमा उर्लीएका छन । नागरिक समाजले विजुली बत्तिको माग गर्दै तीन दिन देखि बजारमा नारा जुलुस प्रर्दशन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन । पटक पटक जिल्ला प्रशासन कार्यालय लगाएतका सरोकार निकाएहरुमा नियमित विद्युतको माग गर्दा पनि कुनै सुनुवाई नहुदा त्रिबेणी बचत तथा रिण सहकारी संस्थाद्धारा संचालित बाजुरा साना बिद्युत केन्द्रको कार्यालयमा समेत तालाबन्दी गर्नु परेको नागरिक समाजका सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन ।
बिद्युत प्राधिकरण र बाजुरा साना जलबिद्युत केन्द्रका कार्यालयमामा लगाएको ताला ठोस निणर्य नआएसम्म र केन्द्रीय प्रशारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म ताला नखोल्ने नागरिक समाजका अगुवाहरुले एक विज्ञप्ति मार्फत सारर्वजनिक गरेका छन। केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको नागरिक समाजले बिद्युत नियमीत सम्बन्धी प्रशासन र बिद्युत प्राधिकरणको ध्यान नगएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन ।
कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नदेखाए सम्म र ठोस कार्य योजना सहीत विश्वास उपल्लो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा गोपाल कार्कीले बताए ।
सदरमुकाम मार्तडी बासी दैनिक १० घण्टा लोडसेडिङको मारमा परेका छन । सदरमुकाम मार्तडी जस्तो ठाँउमा नियमीत विद्युत नहुदा कार्यालयका कामहरुमा अवरुद भएको छ ।
प्राधिकरणको कार्यालय स्थापना गरिएको, लाइन विस्तार गरिएको, विस्तारित लाइनको परिक्षण समेत सफल भएको डेढ वर्ष बितिसक्दा पनि विद्युत जडानको ठोस योजना र प्रक्रिया थालनी नगरिएको आरोप नागरिक अगुवाहरुकोे छ ।
यता जिल्ला प्राधिकरण कार्यालय बाजुरा प्रमुख ललित कुमार मण्डले भन्ने विद्युत प्राधिकरण केन्दीय कार्यालय काठमाण्डौलाइ नागरीक समाजद्धारा विद्युतको माग गर्दै दुइ दिन देखि कार्यालयमा ताला बन्दी गरेको जानकारी गरी सकेको र केन्द्रीय कार्यालयबाट कुनै सुनुवाइ नगरेको बताए । केन्द्रीय कार्यालयबाट कुनै जानकारी नआउदा सम्म आफु केही गर्न नसक्ने बताए ।
कार्यालय प्रमुख मण्डले भने त्रिवेणी बचत सहकारी संस्था लि.र विद्युत प्राधिकरण केन्द्रीय कार्यालय विच २० वर्षको लागी त्रिवेणी सहकारी संस्था लि.बाजुरालाई सञ्चालनको लागी लिजमा दिएको बताए ।- गगनवाणी

  • सेती कर्णाली खबर
  • बिहिबार, माघ ६, २०७८ 0८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।