September 14, 2024 | शनिबार, भदौ २९, २०८१

गाउँमा वर्षौंदेखि टेलिफोन सेवा बाट विहिन

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन २३, २०८० 0५:५७
गाउँमा वर्षौंदेखि टेलिफोन सेवा बाट विहिन

उमेश रोकाया/बाजुरा- वर्षौंदेखि टेलिफोन सेवा माध्यममा बिहिन बस्ती रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित रहेको पाँडी गाउँ विगत ६ वर्ष सम्म पुग्दा पनि अहिलेसम्म टेलिफोन माध्यमबाट बिहिन गाउँ बस्ती रहेकोे छ। गाउँमा २०७५ साल बाट टेलीफोन टावरको समस्या हुँदा गाउँ पुरै संचार क्षेत्रमा धेरै पछाडि परेको स्थानीयले बताएका छन।

गाउँमा १ सय ४६ घरधुरी भएको बस्ती रहेको छ। पहिला कोल्टी क्षेत्रमा पर्ने हुनी डाडामा संचालित स्काई टेलिफोन टावरले काम गर्ने छोडेपछि गाउँमा फोनको समस्या भएको छ। भौगोलिक विकट संगै गाउँ बाट हेर्दा कुनै ठाउँ नदेखिने दुर्गम बस्ती भएको हुनाले कुनै ठाउको नेटवर्क काम राम्रोसंग नगर्ने हुनाले समस्या भएको छ।

विगत लामो समय देखी टेलिफोन टावरको समस्यालाई विभिन्न निकायलाई ध्यानाकर्षण गराएपनी अहिलेसम्म सुनाइ नभएको स्थानीय नरजित रावलले सेतीकर्णाली खबरलाई बताएका छन। गाउँमा फोनको टावर राम्रोसँग नआउँदा फोनमा कुराकानी गर्न घरको धुरी तथा डाडा काडा चडेर फोन गर्न जानुपर्ने बाध्यता रहेकोे छ। गाउँको आसपासका क्षेत्रमा टावर अलि काम गर्ने भएपनि सानो मोबाइलमा टावर आउने गर्छ। भने ठुलो मोबाईल टावर काम त्यति काम नगर्ने हुँदा झन समस्या बढदै आइरहेको अवस्थामा परेका रावलले बताए।

बस्ती क्षेत्र भित्रमा टेलिफोन टावर नभएको कारणले अहिले संचार पहुँच बाट धेरै टाढा रहेकोे छौँ। २०७९ सालको असार महिनामा नेपाल टेलिकम बाजुराका कर्मचारी स्थलगत सर्वेक्षण गरेको भएपनि अहिलेसम्म त्यसको कुनै अस्तव्यस्त रहेकोे छ। टेलिफोन टावरको सर्वेक्षण भैसके पछी गाउँमा टावर भन्ने आशामा भएपनि अहिले सम्म कामको चरण कुरै छैन। टेलिफोन टावरको वास्ता नभएको स्थानीय गुनासो रहेको छ।

अहिलेको परिस्थितिमा नेट ईन्टरनेट जमानामा गाउँमा टेलिफोन टावर समस्या रहेकोे छ। जिल्लाको अधिकास ठाउँमा टेलिफोन टावर सहित ईन्टरनेट पहुँचमा जोडिएका छन। हाम्रो गाउँ संचार क्षेत्र बाट बिहिन बस्तीमा परेको छ। फोनबाट कुराकानी गर्न गाउँको आसपासका ठाउँमा गएर बाहिर बस्ने आफन्तहरु संग फोन हुने गरिएको छ। बाहिर बाट फोन माध्यमबाट गरिने सूचना पनि समयमै जानकारी नहुने अवस्थामा छ। टेलिफोन टावर पहलका लागि सरोकारवाला लाई ध्यानाकर्षण समेत गराएको स्थानीय कर्ण बहादुर रावलले बताएका छन।

टेलिफोन टावरको विषयमा गाउँमा भेला गराइ गाउँपालिका बाट सिफारिस गराएर कार्यालय पठाए भने काम अगाडी बढाउन नेपाल टेलिकम कार्यालय बाजुराले बताएको छ। सबै कागजात पत्र कार्यालय पेश भयो भने थप प्रक्रिया अगाडी बढाइने टेलिकम कार्यालयले बताएको छ।

  • सेती कर्णाली खबर
  • -