November 12, 2026 | बिहिबार, कार्तिक २७, २०८३

त्रिवेणीमा घरको छानो आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २७, २०८३ 0९:५८
त्रिवेणीमा घरको छानो आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट

बाजुरा, कार्तिक २५ । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका – ६ स्थित सेर भन्ने ठाउँमा आगलागी हुँदा स्थानीय नन्दु नेपालीको घरको छाना पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहीबार बिहान करिब ८:१५ बजेतिर भएको आगलागीबाट ठूलो भौतिक क्षति भएको छ।

स्थानीय बासिन्दा कुसल बुढाका अनुसार बिहान अचानक घरको छानामा आगो सल्किएपछि स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर आगो नियन्त्रणमा लिन नसक्दा घरको छाना पूर्ण रूपमा जलेर नष्ट भएको हो।
बिहानैदेखि स्थानीयवासी आगो निभाउन खटिए पनि आगो नियन्त्रणमा लिन कठिन भइरहेको उनले बताए।

आगलागीबाट मानवीय क्षति भने हुन पाएन। तर घरको छाना जलेर नष्ट भएपछि पीडित परिवारलाई ठूलो क्षति पुगेको छ। आगलागी कसरी र के कारणले भयो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराज रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन।

आगो कसरी लाग्यो वा कसैले लगाएको हो भन्ने विषयमा यकिन जानकारी प्राप्त भइसकेको छैन। आगलागी पिडित नन्दु नेपालीले भने घरछान भित्र रहेको अन्न लुगा कपडा सबै जलेर नष्टभएको बताए । उनले भने आफसहरू सबै माथि गाउँको घरमा आएकाले मानवीय क्षेति भने केहि भएको छैन ।

  • सेती कर्णाली खबर
  • बिहिबार, कार्तिक २७, २०८३ 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट