
सेतीकर्णाली खबर
दोहा (कतार), साउन १६ । ठकुरी सहयोग सञ्जाल, कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ शुक्रबार दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मलमा सम्पन्न भएको छ। कार्यक्रम दिउँसो १२ बजेबाट सुरु भएको थियो।
सञ्जालका प्रमुख संरक्षक रेशम शाहीको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि महेन्द्र शाही ठकुरीलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्दा शाही ठकुरी, प्रथम उपाध्यक्षमा धनकुमार मल्ल ठकुरी, द्वितीय उपाध्यक्षमा लक्ष्मण शाही ठकुरी, महिला उपाध्यक्षमा सबिना मल्ल ठकुरी, महासचिवमा सुरत शाही ठकुरी, सचिवमा कमल शाही ठकुरी र राजेन्द्र मल्ल ठकुरी, कोषाध्यक्षमा नमराज शाही ठकुरी तथा सह–कोषाध्यक्षमा बसन्ती मल्ल ठकुरी सर्वसम्मत निर्वाचित भएका छन्। साथै १० सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ।
सन् २०१४ जुलाई २९ मा संस्थापक अध्यक्ष उमेश जङ्ग शाहीको नेतृत्वमा स्थापना भएको ठकुरी सहयोग सञ्जाल कतारले “सभ्य भाषा, सभ्य संस्कृति, हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने मूल नाराका साथ कतारमा रहेका नेपाली ठकुरी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा संस्थाको विगत १२ वर्षको यात्रा, उपलब्धि तथा भावी कार्यदिशाबारे समीक्षा गरिएको थियो। वक्ताहरूले विदेशमा रहेका नेपालीबीच एकता, आपसी सहयोग, भाषा–संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
अधिवेशनमा निवर्तमान अध्यक्ष खगेन्द्र शाहीको नेतृत्वमा संस्थाले गरेको योगदानको उच्च प्रशंसा गर्दै सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गरिएको थियो। साथै नवनिर्वाचित अध्यक्ष महेन्द्र शाहीसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
