July 28, 2026 | मङ्लबार, साउन १२, २०८३

कोल्टी–मार्तडी सडक : कहिलेसम्म गरिबको ज्यान सस्तो रहने?

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ३०, २०८२ 0२:२१

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही २९मंसिर  बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म?

सडक स्तरोन्नति बिना ठूला बस चलाउन अनुमति कसले दियो? जोखिमपूर्ण खोल्सा र अस्थायी ट्र्याकमै यात्रु बोक्न बाध्य बनाउने नीति कसको हो? वर्षौँदेखि बजेट छुट्याइएको भनिन्छ, तर सडक किन आजसम्म मृत्युको पासो बनेको छ?

सस्तो लोकप्रियता कमाउन २/३ पटक बाजागाजा सहित बस मार्तडी देखि कोल्टी सम्म बस गुडाएको पनि देखियो। तर सडकको अवस्था ध्यान नदिएको देखिन्छ। बुढिनन्दा नगरपालिकाको बिशेष पहलमा बस कोल्टी पुर्याएको हो। मुगु, हुम्ला र बाजुरा कुन्ना क्षेत्रका चारवटा स्थानिय तहका नागरिकलाई सुबिधा त भयो त्यो भन्दा बढि जोखिम मल्नु परिरहेको यात्रु लोकेन्द्र नाथले सेतीकर्णाली खबरलाई बताए ।

मार्तडी कोल्टी सडकखण्ड पक्कि बनाउने ठेक्का पाएको ठेकेदार भागेर सडक अलपत्र छ।बाजुराका सञ्चारमाध्यमले  दबाब दिएपनि सरोकारवाला निकाय जनप्रतिनिधि  मौन बसेको देखिन्छ।

गरिब नागरिक उपचार, शिक्षा र दैनिक जीविकाका लागि यही सडक प्रयोग गर्न बाध्य छन्। वैकल्पिक बाटो छैन, हवाई सेवा सबैका लागि सम्भव छैन। यस्तो अवस्थामा “सडक बनाउँदैछौं” भन्ने आश्वासन मात्रै काफी हुन्छ? अकालमा ज्यान जानु विकासको मूल्य हो त?

जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र सम्बन्धित निकाय सवारी फसेपछि मात्रै स्थलमै पुग्छन्, तर स्थायी समाधान कहिले? दुर्घटना भएपछि मात्रै बैठक बस्ने र फेरि मौन बस्ने प्रवृत्ति अब स्वीकार्य छैन।

यदि आज पनि कोल्टी–मार्तडी सडकको स्तरोन्नति प्राथमिकतामा परेन भने भोलि हुने दुर्घटनाको जिम्मेवारी कसले लिने? अर्को बस झुन्डिँदा, अर्को गरिबको ज्यान जाँदा दोष कसको हुने?

अब माग स्पष्ट छ— अस्थायी टालटुल होइन, पूर्ण स्तरोन्नति, पक्की नाला–पुल र सुरक्षित सडक। विकासको नाममा नागरिकको ज्यान सस्तो नठानियोस्।
सडक बनोस्, गरिब बाँचून्।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर ३०, २०८२ 0२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।