October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बिद्यार्थीका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १३, २०८१ १३:४९
बिद्यार्थीका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने

बाजुरा- प्राबिधिक शिक्षा अध्यनरत बिद्यार्थीहरुका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने भएको छ।

हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्राबिधिक शिक्षा अध्यनरत बिद्यार्थीहरुका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने भएको छ। असार ९ र १० गतेको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशनमा सर्वसम्मत रूपमा पारित गरेको छ। हिमाली गाउँपालिका जी.आइ.जेड. र अन्य साझेदार निकायको सहकार्यमा जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिने छ।

स्वच्छ बिधालय, स्वस्थ्य विद्यार्थी कार्यक्रम सञ्चालन गरि बिधालयको भौतिक व्यवस्थापन संगै छुट्टै भान्से, भान्सा कोठा, खाजाघर, शुद्ध खानेपानी र शौचालयको निर्माण गरिनेछ। स्थानीय पाठ्यक्रम निर्माण भैसकेको हुँदा स्थानीय पाठ्यपुस्तक तयार गरि सञ्चालन ल्याइने छ। पालिका भित्रको शैक्षिक गुणस्तर सुधार गर्न अध्यक्ष संग शिक्षक, विद्यार्थी, शि.अ.संग र आम सरोकार वाला संग बहुपक्षीय कार्यक्रम सञ्चालन गर्ने निति लिइने छ।

प्रत्येक विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतीभाहरुलाई प्रस्फोटनका लागि पालिका स्तरका बिधालय बीच प्रतिस्पर्धाको लागि हाजिरजवाफ, व्यक्तितब कला, अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। आपतकालीन बाल संरक्षण, आपतकालीन महिला संरणक्षको लागि कोषको रूपमा रकम विनियोजन गरि परिचालन गरिनेछ। रेडियो, टेलिभिजनमा अन्तरसंवाद, अन्तक्रिर्या तथा सुचना, जानकारी मुलक कार्यक्रम सञ्चालनमा जोड दिइनेछ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार १३, २०८१ १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट